नविल बैंकले ल्यायो ‘नबिल सजिलो एक्प्रेस’ कर्जा योजना « Khabarhub

नविल बैंकले ल्यायो ‘नबिल सजिलो एक्प्रेस’ कर्जा योजना


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नबिल बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै नयाँ ऋण योजना ल्याएको छ। बैंकले युकेएड सक्षम सक्षम फाईनान्ससंग सहकार्यमा ऋण बिस्तार योजना ल्याएको हो।

उक्त योजनामा ऋणको आवेदन दिएको ३५ घण्टामै पैसा उपलब्ध गराइने छ। बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ७५ लाखसम्मको साना तथा मझौला ऋण ३५ घण्टाभित्र उपलब्ध गराउने जानकारी दिएको हो ।

यसको अधिकतम ब्याज दर साढे १० प्रतिशत कायम गरिएको छ । यो ब्याज दर एक वर्षसम्म बढ्दैन । बैंकले क्रेडिट स्कोरिङ मोडेलमार्फत ऋण पाउन कतिको योग्य हो होइन भनेर मूल्यांकन गर्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंक ३५ वर्ष पुगेको उपलक्ष्य पारेर ३५ घण्टामै ऋण स्वीकृत गर्ने स्किम ल्याएको बताए ।

उनले आगामी दिन साना तथा मझौला उद्यमको रहेको भन्दै आजको एसएमइ नै भोलिको कर्पोरेट रहेको बताए ।

नबिल सजिलो एक्सप्रेस कर्जा लिँदा कारोबार सूचना, मासिक विद्युतीय बैंकिङ विवरण, क्रेडिट कार्ड निःशुल्क उपलब्ध हुने छ । बैंकले सक्षमसँगको सहकार्यमा ऋण योजना सुरू गरेको हो ।

बैंकका नेपाल भरको सबै शाखाहरुबाट ऋण उपलब्ध हुनेछ । सक्षमका टिम लिडर निर्मल दाहालले नबिलसँग विकटमा शाखा खोल्नेसहित यो दोस्रो सहकार्य रहेको बताउँदै यसबाट उद्यमशीलतालाई बढावा पुग्ने जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ४३ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग