जब काट्दा काट्दैको बर्थ डे केक चोरर बाँदर रुखमा चढ्यो (भिडियो सहित) « Khabarhub

जब काट्दा काट्दैको बर्थ डे केक चोरर बाँदर रुखमा चढ्यो (भिडियो सहित)


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहि चिडियाखानामा जाँदा बाँदरले मानिसको ब्यवहारको नक्कल गरेको पक्कै देख्नु भएको होला ।

अझ शहर बजारका मन्दिर र बाटोमा रहने बाँदरले मानिसको हातबाट सामान चोरेर भागेको समेत देखेका छौ ।

तर कुनै बाँदरले जन्मदिन मनाउदै गरेका मानिसका बिचबाट केक नै चोरेर भागेको पक्कै सुन्नु वा देख्नु भएको छैन होला ।

भारतको कर्नाटक राज्यका एक युवालाई आफ्नो जन्मदिन मनाउने नयाँ जुक्ति फुर्यो । धेरै पटक घरमा जन्मदिन मनाएकोले यस पटक उनी जंगलमा केक काटेर आफ्नो बर्थ डे मनाउन चाहान्थे ।

सोहि अनुसार उनले आफ्ना साथिभाईलाई जंगलमा नै बोलाए । साथै जंगलमा केक तथा अन्य सामाग्रि बोकेर पुगे । जंगलमा माहौल निकै रमाइलो थियो । साथिहरुले जन्मदिनको शुभकामना दिदैं हैप्पी बर्थ डे गीत गाउन थाले र ति युवा केक काटेर एक टुक्रा आफ्नो साथिलाई ख्वाउन तयार भए ।

यतिकैमा पछाडिबाट एउटा सानो बाँदरको बच्चा आएर उनको पूरै केक चोरेर सरासर रुखमा चढ्यो । बाँदरले केक चोरेपछि साथिहरु खोस्न खोज्छन् तर बाँदर रुखको टुप्पोमा पुगि सकेको हुन्छ ।

बाँदर यति छिटो भाग्छ कि केक बचाउन पाउदैनन् । त्यसपछि ती युवाका साथिहरु हाँस्दछन् । यो भिडियो अहिले निकै भाइरल बनेको छ । बर्थ डे मनाउन जंगलमा केक काट्न पुगेका युवाले केक खान नपाएपनि बाँदरले भने आफ्नो साथिसंग चोरेको केक बाडेर खाएको छ ।

जे होस् ति युवालाई यस पटकको जन्मदिन सदैव स्मरण रहने छ ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : ३२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक