शेयर बजार घट्यो, आज ७२ करोड बढीको कारोबार « Khabarhub

शेयर बजार घट्यो, आज ७२ करोड बढीको कारोबार


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो र दोस्रो दिन लगातार उकालो लागेको शेयर बजारमा तेस्रो दिन मंगलबार सामान्य ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक २.३७ अंकले घटेर ११६६ अंकमा झरेको छ ।

मंगलबारको बजारमा कूल ७२ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दिनभर कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को १० करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसको शेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रहेको छ । त्यस्तै, नागरिक लगानी कोषको ८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

बजारमा चार कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेकाके छ । सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९.८९ प्रतिशतले वृद्धि भएको छ । कञ्चन डेभलपमेन्ट बैंकको ९.५७, पाँचथर पावर कम्पनीको ९.४३ र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ९.४१ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ५ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा