सरकारले काम गरेन भन्दा कसैलाई फाइदा पुग्दैन– मन्त्री मगर « Khabarhub

सरकारले काम गरेन भन्दा कसैलाई फाइदा पुग्दैन– मन्त्री मगर


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– खानेपानी मन्त्री विना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुविधा र पहुँच पु¥याउनु सरकारको प्रमुख दायित्व भएको बताएकी छिन् ।

पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताइन् ।

मन्त्री मगरले भनिन्– “हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।“

खानेपानी लगायत अन्य पूर्वाधारका योजनाहरु अघि बढाउन सरकार गम्भीर भएर लागिरहेको उनले बताइन् ।

मन्त्री मगरले भनिन् “ समृद्ध नेपाल र सुखी नेपालीको मर्म यो सरकारले बाहेक अरु कसैले बुझ्न् सकेको छैन । चुनौती थुप्रै छन् तर पनि सरकारले काम अघि बढाइरहेको छ । कामै भएन भनेर सरकार विरुद्ध गरिएको दुष्प्रचारले कसैलाई फाइदा गर्दैन ।“

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ११ : ४१ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा

भारतको सहयोगमा चार वर्षअघि ठडिएको थियो त्रिशूलीको विद्यालय भवन, विद्यार्थी बचाएका हेडसरलाई दिए राजदूतले ढाडस

नुवाकोट- गत बुधबार बिहान नुवाकोटको विदुरमा रहेको त्रिभुवन त्रिशूली माध्यमिक