दूतावासको संरक्षणमा बसेका १० उत्तर कोरियालीलाई 'डिपोर्ट' | Khabarhub Khabarhub

दूतावासको संरक्षणमा बसेका १० उत्तर कोरियालीलाई ‘डिपोर्ट’


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपालस्थित उत्तर कोरियाली दूतावासको संरक्षणमा बसेका १० उत्तर कोरियाली नागरिकलाई ‘डिपोर्ट’ गरिएको छ ।

सरकारी निर्णयलाई अटेर गर्दै नेपालमै बसेका १० जनालाई मंसिर २९ गते डिपोर्ट गरिएको हो । उनीहरुलाई हिमालयन एयरलाइन्सको जहाजबाट चीनको बेइजिङ हुँदै फिर्ता पठाइएको थियो ।

नेपालमा व्यवसाय गर्ने नाममा बसेका उत्तर कोरियालीलाई फिर्ता पठाउने सरकारी निर्णयलाई नटेरी दूतावासको संरक्षणमा बसेका उनीहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय अनुसन्धान विभागको पहलमा फिर्ता पठाएको हो।

सरकारलाई नै अटेर गर्दै बसेका पासपोर्ट नम्बर १०८३३१२९८ का क्वाङ हो, पासपोर्ट नम्बर १०८२३२८६५ का योङ एम सिन, पासपोर्ट नम्बर १०८२३२८१३ का कोयङ ई जी, पासपोर्ट नम्बर १०८२३२८०९ का चाङ नाम री, पासपोर्ट नम्बर १०८२३२८६७ का उन हा हवाङ, पासपोर्ट नम्बर १०८२३२८५० का कुम योङ जोङ, पासपोर्ट नम्बर १०८२३२८६६ का सुन हुइ पाक, पासपोर्ट नम्बर १०८२३२८११का वन मोयङ किम र पासपोर्ट नम्बर १०८२३२८७१का इल रान होलाई फिर्ता पठाइएको हो ।

अटेर गरेर बसेका उनीहरुलाई पक्राउ गरी डिपोर्ट गरिएको प्रहरी स्रोतले जनाएको छ । उत्तर कोरियाले नेपालमा सञ्चालन गरेका अवैध गतिविधि र लगानीबारे खबरहबले निरन्तर समाचार प्रकाशन गरेसँगै सरकारले ताकेता गरेर उत्तरकोरियाली व्यवसाय बन्द गराएको थियो ।

पछिल्लो समय उत्तरकोरियाली गतिविधि र उत्तरकोरियालीको चहलपहलले नेपालमा सुरक्षा चुनौती बढ्ने भन्दै सुरक्षा निकायले निरन्तर निगरानी गर्दै आएको छ ।

नेपालमा भएको उत्तरकोरियाली गतिविधि रोक्न अमेरिकाले पनि आग्रह गरेको थियो । संयुक्त राष्ट्रसंघले पनि सुरक्षा परिषदबाट पारित बाध्यकारी नाकाबन्दीको कार्यान्वयन गर्न नेपाल सरकारलाई पत्रचार नै गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १० : ३४ बजे

वडादेखि केन्द्रसम्मका अधिवेशनलाई समयमै सम्पन्न गर्न क्यालेन्डर बनाउनुपर्छ : सरिता प्रसाईँ

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले समयमा नै पार्टीको महाधिवेशन सम्पन्न

प्रधानमन्त्रीद्वारा बेलिब्रिजको उद्घाटन

सुर्खेत– कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको

नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

सियोल– दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म

राज्यका हरेक संरचनामा दलितको जनसङ्ख्याको आधारमा सहभागिताको माग

काठमाडौं– विभिन्न राजनीति दलका नेताले राज्यका सबै संरचनामामा दलित समुदायको