चुनावमा कैदीबन्दीको प्रयोग ! | Khabarhub Khabarhub

चुनावमा कैदीबन्दीको प्रयोग !


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा हालै सामेल भएका धनाड्य तथा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्गको चुनावी अभियोनमा कैदीबन्दी प्रयोग भएको खुलेको छ ।

आफ्नो पक्षमा मत माग्नका लागि प्रयोग भएकाहरु जेलका कामदार रहेको थाहा नभएको ब्लुमबर्गले बताएका छन्।

जेलमा दुई कल सेन्टर चलाउने विचौलियासँगको सहकार्य तोडेको पनि ब्लुमबर्गले बताएका छन् । सोही विचौलियाले आफ्नो चुनावी अभियानमा थाहै नदिइ जेलका जेलका मजुदरहरु ल्याएको ब्लुमबर्गको भनाई छ ।

पत्रकारले आफूलाई टेलिफोन गरेपछि मात्रै आफ्नो चुनावी अभियोनमा कामदार पठाउने विचौलिया कम्पनीले जेलका मजदुर प्रयोग गरेको थाहा पाएको ब्लुमबर्गले बताएका छन् ।

ब्लुमबर्ग गएको नोभेम्बरमा मात्रै चुनावी अभियानमा आएका छन् । उनले त्यसलगत्तै ठूलो रकम प्रचारप्रसार सामग्रीमा खर्च गरेका छन् ।

ब्लुमबर्गको चुनावी अभियानमा जेलका मजदुरको प्रयोग भएको खबर सबैभन्दा पहिले समाचार अनलाईन द इन्टरसेप्टले प्रकाशित गरेको थियो।

न्यूयोर्कका पूर्व मेयर ब्लुमबर्गले आफ्नो चुनावी अभियान जेलका मजदुर प्रयोग गर्ने पक्षमा नरहेको र अब आइन्दा अभियानमा प्रयोग हुने कामदारका सम्बन्धमा विस्तृत अध्ययन गरिने बताएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ५३ बजे

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– २ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा– बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना

पढ्नैपर्ने पर्दा पछाडिको भूटान : टेकनाथ रिजाल खै ?

पर्दापछाडिको भूटान बलराम पौडयालकृत भुटानको इतिहास र संस्मरणको जीवन्त पुस्तक

तुर्कमेनिस्तान भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको  भ्रमण पूरा गरी आज

मन्टेश्वरीमा बालबालिकाको हेरचाह कसरी हुन्छ ?

२० औं शताब्दीमा इटालीबाट सुरु भएको मन्टेश्वरी शिक्षा अहिले नेपाललगायत