समाजवादीको हातमा ओली सरकारको दुई तिहाइ « Khabarhub

समाजवादीको हातमा ओली सरकारको दुई तिहाइ


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ ।

बुधवार(आज) बस्ने दलको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भनेर औपचारिक निर्णय गर्ने छ ।

समाजवादी दलका उपाध्यक्ष रकम चेम्जोङका अनुसार आफ्नो दल संविधान संशोधन गर्नका लागि सरकारमा गएपनि त्यो पूरा नभएका कारण सरकारबाट आफ्ना नेताहरु फिर्ता भएको र आज बस्ने बैठकले अन्य कुराहरुको निर्णय गर्ने बताए ।

‘बुधवार(आज) बस्ने दलको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भनेर औपचारिक निर्णय गर्नेछ ’ उनले भने ।

केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले मंगलबार(हिजो) आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा दिएका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा कानूनमन्त्रीको हैसियतमा आफूले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको र यसअघि सरकारमा सहभागी हुने क्रममा गरिएको दुई बुँदे सहमति भंग भएको यादवले उल्लेख गरेका छन् ।

यसअघि मन्त्रिपरिषद् पुगर्नठन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानून मन्त्रालयमा सरुवा गरेका थिए । त्यसबेला नै प्रधानमन्त्रीले समाजवादी दललाई सरकारबाट हटाउन खोजेको कतिपयको आकलन थियो ।

आजको बैठकबाट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने सरकारकाले दुई तिहाई बहुमत गुमाउने छ र लिएन भने यो सरकारले दुईतिहाई बहुमत जोगिने अवस्था बन्ने छ ।

समाजवादी पार्टीले मन्त्रिपरिषदबाट बाहिरिएपछि अब राजपालेजस्तै सरकारलाई दिएको समर्थन नै फिर्ता लिने निर्णय गर्‍यो भने पनि नेकपा सरकारले बहुमत गुमाउने अवस्था भने आउँदैन ।

समाजवादीले समर्थन फिर्ता लिँदा पनि ओली सरकारसँग बहुमत भने कायमै रहनेछ र उसमाथि कुनै गणितीय संकट भने आउने छैन ।

अहिले प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ छ । यसमध्ये दुई तिहाई बहुमतका लागि १८३ मत चाहिन्छ ।

समाजवादी पार्टीले समर्थन फिर्ता नलिँदासम्म ओली सरकारको पक्षमा १९४ सांसद छन् । समाजवादीका १७ जनाले समर्थन फिर्ता लिए भने सरकारको पक्षमा १७७ सांसद रहने छन्, जुन दुई तिहाईभन्दा थोरै मात्र कम हो ।

समाजवादीसँगको सहमतिले धक्का !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश दुईमा राष्ट्रिय जनता पार्टीसँग दुई बुँदे सहमित गरेको थियो ।

राष्ट्रिसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन राजपाले नेकपासँग सहमति गरेसँगै समाजवादीलाई समेत एक सिट घाटा लागेको छ । यसले गर्दा सरकारमा रहेको दल समाजवादी असन्तुष्ट बनेको थियो । सत्ता सहकार्य गरिरहेको दलसँग कुनै सल्लाह नगरि अर्को मधेशवादी दल राजपासँग सहकार्य गरेपछि समाजवादीलाई सरकारका बस्न नैतिक संकट उत्पन्न भएको राजनीतिक विश्लेकषकहरुको भनाइ थियो ।

कतिपयले भने समाजवादीलाई सरकारबाट बाहिर पठाएर राजपालाई सरकारकारमा ल्याउन नेकपाले राजपासँग सहमतित गरेको बताउँदै आएका छन् ।

तर राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपाबी भएको दुई बुँदे सहमतिले संघीय सरकारमा जाने बाटो नखुल्ने बताएका छन् ।

‘दुई बुदे सहमतिका कारण सरकारमा जाने अड्कलबाजी भइरहेको छ’ महतोले भने,‘नेकपा नेतृत्वको सरकारसँगको ‘डेडलक’ मात्र तोडिएको हो ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : ०७ बजे

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको