समाजवादीको हातमा ओली सरकारको दुई तिहाइ | Khabarhub Khabarhub

समाजवादीको हातमा ओली सरकारको दुई तिहाइ


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ ।

बुधवार(आज) बस्ने दलको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भनेर औपचारिक निर्णय गर्ने छ ।

समाजवादी दलका उपाध्यक्ष रकम चेम्जोङका अनुसार आफ्नो दल संविधान संशोधन गर्नका लागि सरकारमा गएपनि त्यो पूरा नभएका कारण सरकारबाट आफ्ना नेताहरु फिर्ता भएको र आज बस्ने बैठकले अन्य कुराहरुको निर्णय गर्ने बताए ।

‘बुधवार(आज) बस्ने दलको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भनेर औपचारिक निर्णय गर्नेछ ’ उनले भने ।

केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले मंगलबार(हिजो) आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा दिएका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा कानूनमन्त्रीको हैसियतमा आफूले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्दा प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको र यसअघि सरकारमा सहभागी हुने क्रममा गरिएको दुई बुँदे सहमति भंग भएको यादवले उल्लेख गरेका छन् ।

यसअघि मन्त्रिपरिषद् पुगर्नठन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानून मन्त्रालयमा सरुवा गरेका थिए । त्यसबेला नै प्रधानमन्त्रीले समाजवादी दललाई सरकारबाट हटाउन खोजेको कतिपयको आकलन थियो ।

आजको बैठकबाट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो भने सरकारकाले दुई तिहाई बहुमत गुमाउने छ र लिएन भने यो सरकारले दुईतिहाई बहुमत जोगिने अवस्था बन्ने छ ।

समाजवादी पार्टीले मन्त्रिपरिषदबाट बाहिरिएपछि अब राजपालेजस्तै सरकारलाई दिएको समर्थन नै फिर्ता लिने निर्णय गर्‍यो भने पनि नेकपा सरकारले बहुमत गुमाउने अवस्था भने आउँदैन ।

समाजवादीले समर्थन फिर्ता लिँदा पनि ओली सरकारसँग बहुमत भने कायमै रहनेछ र उसमाथि कुनै गणितीय संकट भने आउने छैन ।

अहिले प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ छ । यसमध्ये दुई तिहाई बहुमतका लागि १८३ मत चाहिन्छ ।

समाजवादी पार्टीले समर्थन फिर्ता नलिँदासम्म ओली सरकारको पक्षमा १९४ सांसद छन् । समाजवादीका १७ जनाले समर्थन फिर्ता लिए भने सरकारको पक्षमा १७७ सांसद रहने छन्, जुन दुई तिहाईभन्दा थोरै मात्र कम हो ।

समाजवादीसँगको सहमतिले धक्का !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश दुईमा राष्ट्रिय जनता पार्टीसँग दुई बुँदे सहमित गरेको थियो ।

राष्ट्रिसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन राजपाले नेकपासँग सहमति गरेसँगै समाजवादीलाई समेत एक सिट घाटा लागेको छ । यसले गर्दा सरकारमा रहेको दल समाजवादी असन्तुष्ट बनेको थियो । सत्ता सहकार्य गरिरहेको दलसँग कुनै सल्लाह नगरि अर्को मधेशवादी दल राजपासँग सहकार्य गरेपछि समाजवादीलाई सरकारका बस्न नैतिक संकट उत्पन्न भएको राजनीतिक विश्लेकषकहरुको भनाइ थियो ।

कतिपयले भने समाजवादीलाई सरकारबाट बाहिर पठाएर राजपालाई सरकारकारमा ल्याउन नेकपाले राजपासँग सहमतित गरेको बताउँदै आएका छन् ।

तर राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपाबी भएको दुई बुँदे सहमतिले संघीय सरकारमा जाने बाटो नखुल्ने बताएका छन् ।

‘दुई बुदे सहमतिका कारण सरकारमा जाने अड्कलबाजी भइरहेको छ’ महतोले भने,‘नेकपा नेतृत्वको सरकारसँगको ‘डेडलक’ मात्र तोडिएको हो ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : ०७ बजे

बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा– हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर – कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

नाङ्लो बुनेर लोभलाग्दो आम्दानी  

धरान – इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी