मानव शरीरको संरचना पढाउने शिक्षिकाको अनौठो तरिका « Khabarhub

मानव शरीरको संरचना पढाउने शिक्षिकाको अनौठो तरिका


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनको एक विद्यालयकी शिक्षिकाले मानव शरीरको संरचनाबारे विद्यार्थीहरुलाई जानकारी दिन एउटा अनौठो उपाय गरेकी छन्।

उनले गरेको अनौठो क्रियाकलापको सामाजिक सञ्जालमा खुलेर प्रसंशा भइरहेको छ।

स्पेनको वेलेडोलिडको एएटा विद्यालयकी शिक्षिका वेरोनिका ड्र्युकले जीव विज्ञानको कक्षामा मानव शरीरको आन्तरिक अंगहरु भएको कपडा लगाएर कक्षा कोठामा पुगेकी हुन्।

उनले आफ्ना विद्यार्थीहरुलाई मानव शरीरका एकएक अंगहरुबारे सम्झाईन्। विद्यार्थीहरुले पनि यसलाई निकै चाखपूर्वक हेरे।

४३ वर्षीया वेरोनिक विगत १५ वर्षदेखि विज्ञान, अंग्रेजी, कला, इतिहास र स्पेनिशलगायतका विभिन्न विषय पढाउँदै आएकी छन्।

यो समयावधिमा उनले विद्यार्थीहरुलाई सिधै भनिदिएर वा ब्ल्याक बोर्डमा चित्र बनाएर बुझाउन गाह्रो भएको ठहर गरिन्। यसरी पढाउँदा केही बालबालिकाले बुझ्ने र केहीले नबुझ्ने गरेको उनले पाइन्।

यसैका लागि आफूले त्यस्तो कपडामा कक्षा कोठामा गएको स्पष्ट पारेकी छन्। वेरोनिकाको यस्तो आईडिया सुनेर छक्क परेका पतिले कक्षा कोठामै गएर शिक्षिका श्रीमतीको तस्बिर खिचे र सामाजिक सञ्जालमा शेयर गरे।

पतिले ट्वीटरमा राखेको शिक्षिकाको तस्बिर साढे १३ हजारभन्दा बढीले रिट्वीट गरेका छन्। त्यस्तै ६७ हजारभन्दा बढीले लाइक गरेका छन्।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : ३५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक