आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची | Khabarhub Khabarhub

आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो बस्दैछ । यही पुस ४ गते शुरु भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनका लागि दिन निर्धारण गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै आजको बैठकमा लोकसेवा आयोगको आव ०७५/०७६ को वार्षिक प्रतिवेदन पेश हुनेछ । राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यतालिका रहेको महासचिव भट्टराईले जानकारी दिए ।

पुस ४ गते संसद बैठकअघि नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै गृहकार्यका लागि एक हप्ता संसद् नचलाउने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : २० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न