आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची « Khabarhub

आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउँसो बस्दैछ । यही पुस ४ गते शुरु भएको संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनका लागि दिन निर्धारण गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै आजको बैठकमा लोकसेवा आयोगको आव ०७५/०७६ को वार्षिक प्रतिवेदन पेश हुनेछ । राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यतालिका रहेको महासचिव भट्टराईले जानकारी दिए ।

पुस ४ गते संसद बैठकअघि नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै गृहकार्यका लागि एक हप्ता संसद् नचलाउने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : २० बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री