पछिल्लो पाँच महिना सुनको आयातमा ६३ प्रतिशतले कमी « Khabarhub

पछिल्लो पाँच महिना सुनको आयातमा ६३ प्रतिशतले कमी


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सुनको आयात घटेको छ ।

सुनको आयात साउनदेखि मंसिरसम्मको पहिलो पाँच महिनामा ६२.६८ प्रतिशतले घटेको हो । चालू आर्थिक बर्षको पाँच महिनामा वाणिज्य बैंकहरुले १२ सय ५० किलो सनु आयात गरेका छन् भने गत बर्ष सोहि अवधिमा वाणिज्य बैंकहरुले ३३ सय ५० किलो सुन आयात गरेका थिए ।

चालू आर्थिक वर्ष सुरु भएदेखि नै सुनको मूल्य लगातार बढेपछि स्थानीय बजारमा सुनको माग ह्वात्तै घटेको थियो । चालु आर्थिक बर्ष लाग्नु पूर्व ६० हजार रूपैयाँ प्रतितोला कारोबार हुँदै आएको सुनको मूल्य साउन लागेसँगै लगातार बढ्दै प्रतितोला ७३ हजार ५ सय रूपैयाँ सम्म बृद्धि भए पछि बजारमा सुनको माग घटेको थियो ।

बजारमा माग घटेसँगै आयातमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए । मूल्य बढेका कारण चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैकहरूले सुन आयात गर्नै छाडेका थिए ।

चीन र अमेरिकाबिचको व्यापार युद्धका कारण लगातार सुनको मूल्य बढेको र सुन आयत नै बन्द भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।  ‘मूल्यको प्रभाव एसियन र युरोपियन दुबै देशमा पर्न गयो’ शाक्यले भने ‘त्यसकारण सुरुका ३ महिना त सुन आयत बन्द भयो ।’

गत कात्तिक १८ को मन्त्रिपरिषद बैठकले सुन–चाँदीको भन्सार दर बढाएको थियो । सरकारले प्रति १० ग्राम सुनको भन्सार दर ५ हजार रूपैयाँबाट बढाएर ६५ सय रूपैयाँ पुर्‍याएको थियो ।

चाँदीमा प्रति १० ग्राम ५६ रूपैयाँबाट बढाएर ७५ रूपैंयाँ पु¥याएको थियो । त्यसअघि चालू आवको बजेटमार्फत प्रति १० ग्राम सुनको भन्सार दर ४२ सय रूपैंयाँबाट बढाएर पाँच हजार रूपैंयाँ पुर्‍याइएको थियो । व्यवसायीले माग बढाएसँगै वाणिज्य बैकहरूले पुनः आयात गरेका थिए । कात्तिकदेखि वाणिज्य बैकहरूले पुनः नयाँ सुन आयात गर्न थालेका हुन् ।

विवाहको सिजन र बढेको मूल्यले स्थायित्व पाएसँगै स्थानीय बजारमा सुनको खपत बढेपछि वाणिज्य बैकहरूले गत कात्तिकमा ६ सय केजी आयात गरेका थिए भने मंसिरमा ५० किलो बढाउँदै उनीहरूले ६ सय ५० किलो सुन आयात गरेको थिए । पुस लागेयता भने वाणिज्य बैकहरूले सुन आयात गरेका छैनन् ।

हालको बजारको अवस्थाले गत वर्षको तुलनामा सुनको खपत स्वाट्टै घट्ने देखिएको छ । हाल सम्मको आयातको परिमाणले पनि यसलाई पुष्टि गरेको हो । गत वर्ष आयात भएर ७ हजार ४ सय ५० किलो सुन स्थानीय बजारमा आएको थियो । चालु आवको पहिलो पाँच महिनामा जम्मा १२ सय ५० किलोमात्रै आयात भएको छ । मंसिरमा थप ५० किलो सुन आयात भएको शाक्यको भनाइ छ ।

यतिबेला भन्सार तिरेर आएको सुन स्थानीय बजारमै खपत भइरहेको दाबी उनको छ । किनकि अहिले नेपालमा भन्दा भारतीय बजारमा सुन महँगो छ । जसले नेपाली भन्सारबाट आएको सुन भारतीय बजारमा पुग्ने सम्भावना नरहेको शाक्यको भनाइ छ ।
नेपाली बजारमा दैनिक २५ किलो सुनको माग रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ११ : ४१ बजे

मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

एजेन्सी– रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने

बालेन-रविबारे अमेरिकी रिपोर्ट : स्वार्थ प्रेरित गठजोड, उपसभामुखसहितका कुराले खटपट भएको सुनियो

काठमाडौं– अमेरिकास्थित कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को हालै सार्वजनिक एक

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

तेहरान- इरानले अमेरिकी नाकाबन्दीलाई चुनौती दिएको छ। उसले फारसको खाडीमा

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो

बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू

बारा- बारास्थित प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक