ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड « Khabarhub

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

चितवनबाट काठमाडौं आएलगत्तै प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको भेटमा सभामुख चयनबारे छलफल हुनेछ ।

संसदको ठूलो दल नेकपाले सभामुखबारे निर्णय लिन नसक्दा संसदको कारवाही समेत प्रभावित भएको छ । संसदको शुक्रवारको बैठकले सभामुख निर्वाचनको कार्यतालिका पारित गर्ने कार्यसूची रहेपनि ‘विशेष कारण’ देखाउँदै सूचना टाँस गरेर बैठक स्थगित भएको छ ।

नेकपाले सभामुखका उम्मेदवारबारे टुंगो लगाउन नसक्दा संसदको प्रक्रिया नै अवरुद्ध भएको देखिएको छ । सभामुखमा नेकपाले उम्मेदवारी दिन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समेत राजीनामा दिनुपर्ने चर्चा पार्टीभित्र छ तर शिवमायाले समेत राजीनामा दिएकी छैनन् ।

नेकपामा सभामुखका लागि सुवासचन्द्र नेम्वाङ, अग्नी सापकोटा र तुम्बाहाम्फेको नाम चर्चामा छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १ : ५० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ २२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख