हलमा छैनन् नेपाली फिल्म, दशैँ र नयाँ वर्षमा फिल्म 'भिडाउन' होडबाजी ? | Khabarhub Khabarhub

हलमा छैनन् नेपाली फिल्म, दशैँ र नयाँ वर्षमा फिल्म ‘भिडाउन’ होडबाजी ?


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिनेमा घरमा नेपाली फिल्म नचलेको धेरै भयो । पछिल्लो समय कबड्डी ३ र छ माया छपक्कैले व्यावसायिक सफलता हात पारे । यीबाहेक अन्य फिल्मले व्यापारमा सफलता हात पार्न सकेनन् ।

यस वर्ष अब ठूला फिल्म खासै छैनन् । यद्यपि प्रदीप खड्काको फिल्म ‘प्रेम गीत ३’ लाई प्रतीक्षित फिल्मका रुपमा हेरिएको छ । यसअघि २ सिरिज सफल भएका कारण पनि ‘प्रेम गीत ३’ प्रतीक्षित बनेको छ ।

यो फिल्म चैत २८ मा आउने घोषणा गरेर निर्माण टिम यतिबेला मनाङको चिसोमा फिल्मको छायांकन गरिरहेको छ । यो मितिमा ‘चपली हाइट ३’ पनि प्रदर्शन हुने चर्चा छ । त्यसो त सोही मितिमा अनमोल केसीको एक फिल्म प्रदर्शन गरिने चर्चा थियो ।

हलवाला तथा वितरकले पनि अनमोल र प्रदीपलाई भिडाउन खोजिरहेका थिए । तर, अनमोलले फिल्ममा काम गरेनन् । उनले हालै फिल्म ‘धुपौरे’ रिजेक्ट गरेका थिए ।

अब कुरा गरौँ, यतिबेला हलमा दर्शक नभएको विषयबारे ।

पछिल्लो समय दर्शक मल्टिप्लेक्स (सुविधासम्पन्न सिनेमा हल) तर्फ आर्कषित भए पनि यी हलमा नेपाली फिल्म हेर्ने दर्शक न्यून मात्रामा जाने गर्छन् ।

अहिले मल्टिप्लेक्स हलमा कुनै पनि नेपाली सिनेमाले राम्रो व्यापार गर्न सकेका छैनन् । हलमा नेपाली दर्शकको खडेरी लागिरहेका बेला विदेशी फिल्म भने चलिरहेका छन् ।

यता मेकरले अहिले कुनै फिल्म रिलिज नगरी दशैँ र नयाँ वर्ष ताक्दै फिल्म रिलिज गर्न हानथाप गरिरहेका छन् ।

स्किृप्टसमेत फाइनल नहुँदै अर्को वर्षको कार्तिक ७ गते प्रदीप भट्टराईले मह जोडीसँग मिलेर नयाँ फिल्म रिलिज गर्ने घोषणा गरेका थिए । अब सोही मितिमा फेरि अर्को फिल्म पनि घोषणा गरिएको छ ।

फिल्म ‘चपली हाइट ३’ को शुभमुहूर्तमा कलाकारहरु ।

दीपकराज गिरीको टिमले आफ्नो नयाँ प्रोजेक्ट ‘छक्का पञ्जा ४’ निर्माण गर्ने र यसलाई दशैँको अवसर पारेर रिलिज गर्ने घोषणा गरेको छ ।

यदि दुवै फिल्म युनिटले आफ्नो अडान छोडेनन् र रिलिज गरे भने आगामी वर्षका दुई ठूला फिल्म एकसाथ रिलिज हुने भएका छन् ।

जबकि, दुवै मेकरले यसअघि सहकार्य गरेर एउटै फिल्म बनाएका थिए । अब दुई मेकर एकसाथ फरक फिल्ममा आउने भएपछि फिल्म जगतमा तरंग मच्चिएको छ ।

यद्यपि अहिले घोषणा गर्दैमा फिल्म एकसाथ रिलिज हुन्छ भन्ने छैन । रिलिजका बेला दुई टिम मिलेर जान्छन् कि भिड्न तयार हुन्छन्, त्यो भने हेर्न बाँकी छ ।

एकसाथ दुई कमेडी फिल्म रिलिज हुँदा दर्शकलाई त रोजेर फिल्म हेर्ने मौका जुर्ला तर निर्माताका लागि त पक्कै घाटाको व्यापार न हो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ३१ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो