जहाँ मन्दिरले नै दिन्छ भक्तजनलाई सस्तो व्याजमा ऋण | Khabarhub Khabarhub

जहाँ मन्दिरले नै दिन्छ भक्तजनलाई सस्तो व्याजमा ऋण


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्दिर भन्ने वित्तिकै भक्तजनले पूजा आजा गर्ने ठाउँभन्ने जसले पनि बुझ्छन् । तर त्यही मन्दिरमा सस्तो व्याजमा ऋण पाइन्छ भन्दा अनौठो लाग्न सक्छ ।

यो सत्य हो कि भारतको एउटा मन्दिरले दान दक्षिणाबाट उठको रकम स्थानीयलाई सस्तो व्याजमा ऋण दिने गरेको छ ।

भारतको हिमाञ्चलस्थित सिमलामा छ । यो मन्दिरमा जानेहरुले सजिलैसँग ऋण लिन सक्छन् । मन्दिरबाट ऋण लिने परम्परा धेरै पुरानो भएको स्थानीयहरु बताउँछन् । मन्दिरबाट दिने ऋण एक वर्षमै तिर्नुपर्छ ।

मन्दिरबाट लिएको ऋणको केवल दुई दशमलव तीन प्रतिशत मात्र व्याज तिर्नुपर्छ । ऋण लिने आर्थीक अवस्था धेरै कमजो भए मन्दिरका प्रबन्धकले निर्णय गरी ऋण माफी गरिदिन सक्छन् ।

ऋण दिने बेलामा व्यक्तिलाई आवश्यक छ की छैन भन्ने कुरा हेरिन्छ । भगवानलाई कसैले धोका दिँदैन भन्ने विश्वासका कारणले ऋण चुक्ता गर्ला की नगर्ला, वा ठगी गरेर भाग्ला की भन्ने सोच राखिँदैन ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ८ : ०० बजे

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको