सिड्नीमा प्रदर्शन गरियो पुष्प र साम्राज्ञीको 'मारुनी' | Khabarhub Khabarhub

सिड्नीमा प्रदर्शन गरियो पुष्प र साम्राज्ञीको ‘मारुनी’


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी – अस्ट्रेलियाको सिड्नीमा फिल्म ‘मारुनी’ प्रदर्शन गरिएको छ । शुक्रवार यहाँ भएका नेपालीमाझ फिल्मको प्रदर्शन गरियो ।

निर्माण टिमका अनुसार फिल्मले अस्ट्रेलियामा रहेका नेपालीको मन जितेको छ । फिल्मकी निर्मात्री पुनम गौतमले यो फिल्म हेर्न अपेक्षा गरेभन्दा बढी दर्शक आएको दाबी गरिन् ।

यता फिल्म अभिनेता पुष्प बहादुर खड्काले पनि सिड्नीको शोलाई दर्शकले माया गरेको प्रतिक्रिया दिएका छन् । साथै उनले सबै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

फिल्म प्रदर्शनका लागि अभिनेता पुष्प बहादुर खड्का, निर्मात्री पुनम गौतम लगायत अस्ट्रेलिया पुगेका थिए ।

निर्माण टिमले अस्ट्रेलियाका अन्य शहरमा पनि फिल्म देखाइने बताएको छ ।

नवल नेपालले निर्देशन गरेको यो फिल्ममा पुष्पका अलावा साम्राज्ञी शाह, रेविधका गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्मले नेपालमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । यद्यपि फिल्म रिलिजअघि भने राम्रै चर्चा थियो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १२ : ३० बजे

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको