किन चलिरहेका छैनन् आर्यनले आशा गरेका फिल्म? | Khabarhub Khabarhub

किन चलिरहेका छैनन् आर्यनले आशा गरेका फिल्म?


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देल लामो समय यो क्षेत्रबाट हराए । आफ्ना समकक्षी साथीहरु विदेश पलायन भइसके पनि आर्यनलाई भने अहिलेसम्म नेपाल नै प्यारो लागेको छ ।

एक समय फिल्म क्षेत्रमा राज गरेका आर्यन पछिल्लो समय भने खासै जम्न सकेका छैनन् । यस वर्ष प्रदर्शनमा आएका उनका दुई फिल्म ‘हजार जुनीसम्म’ र ‘चच हुई’ दुवैले दर्शकको साथ पाउन सकेनन् ।

भलै दुवै फिल्म आर्यनकै कारण चर्चामा रहे ।

‘हजार जुनीसम्म’ का बेला आर्यनले भनेका थिए – दर्शकले मलाई लभस्टोरी फिल्ममा नै देख्न चाहनुहुन्छ, त्यसैले यो फिल्ममा अभिनय गरेको हुँ । दर्शकले मन पराउनेमा म ढुक्क छु ।

आर्यन ढुक्क भए पनि फिल्म चलेन । फिल्मले दर्शकलाई हलसम्म तान्न नसके पनि छोटो समयमा नै आर्यनको अर्को फिल्म रिलिज हुने भयो ।

‘चच हुई’ रिलिजअघि आर्यनले ‘हजार जुनीसम्म’ फिल्म हेरेका दर्शकले मन परेको प्रतिक्रिया दिँदै ठूलो मासले फिल्म नहेरेको स्वीकारे ।

तर, वास्तविकता के थियो भने यो फिल्म हेरेका दर्शकले पनि फिल्म मन पराएका थिएनन् । फिल्मको कथामै निर्माण टिम चुकेको आरोप दर्शकले लगाए ।

‘हजार जुनीसम्म’ नचले पनि आर्यनलाई ‘चच हुई’ चल्छ भन्नेमा विश्वास थियो । त्यसमाथि झन् साम्तेन भुटिया सम्भावना बोकेका निर्देशक भनिएको थियो । तर, यो फिल्मले पनि आर्यनलाई सफलताको स्वाद चखाउन सकेन ।

तस्वीर – आर्यन बिमली

आर्यन भने दुवै फिल्म दर्शकले मन पराएको दाबी गर्दै आएका छन् । त्यसो त आर्यनको कमब्याक भनिएको फिल्म ‘कायरा’ पनि फ्लप भएको थियो । आर्यनले भने आफूले फिल्मबाट राम्रो प्रतिक्रिया पाएको प्रतिक्रिया दिन भ्याएका थिए ।

कुनै बेला हिट फिल्म दिएका आर्यन यस वर्ष असफल बनेका छन् । यद्यपि केही फिल्म फ्लप हुँदैमा करिअर नै सकियो भन्न नमिल्ला तर आर्यनलाई यतिबेला भने एक दमदार फिल्मको खाँचो देखिएको छ । जुन फिल्मले आर्यनको स्टारडम फेरि देखाओस् ।

फरक र दमदार फिल्मको स्किृप्टका लागि आर्यनले पनि कुरिरहेका छन् । तर, उनको हातमा राम्रो फिल्म छैन ।

आर्यन स्वयम् भन्छन् – फिल्म राम्रो बन्न पहिलो स्किृप्ट राम्रो हुनुपर्‍यो । स्किृप्ट नै राम्रो भएन भने हामीले जति मेहनत गरे पनि त्यसको कुनै अर्थ हुँदैन ।

यो क्षेत्रमा एकपछि अर्को गर्दै फिल्म बन्ने क्रम जारी छ । भोलिका दिनमा आर्यनले चाहेजस्तो स्किृप्ट उनले पाउने छन् या छैनन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ४ : ५७ बजे

जसपा नेतृ सिंहले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद, हल्दी समारोहमा गरेकी थिइन् फायर

काठमाडौं- जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह

ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा 

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलशौतारास्थित

शिक्षक महासंघको कार्यक्रममा तनाव, माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आक्रोशित

काठमाडौं- सरकार र शिक्षक महासंघबीच बुधबार राति भएको सहमतिलाई लिएर

आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुलीबजार (तस्बिरहरू)

काठमाडौं– करिब एक महिना लामो आन्दोलनपछि सरकारसँग सहमति भएसँगै शिक्षकहरू