कठ्याङ्ग्रिँदो जाडोका बीच न्यानो बाँड्दै नेपाली सेना « Khabarhub

कठ्याङ्ग्रिँदो जाडोका बीच न्यानो बाँड्दै नेपाली सेना


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लामा विगत १४ दिनदेखि  जाडो भइरहेको बेला नेपाली सेनाले जिल्लाको सीमावर्ती क्षेत्रका गाउँमा न्यानो बाँड्न थालेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले अत्यधिक जाडोलाई मध्यनजर गर्दै सोमबार बिहान जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका र पिपरा गाउँपालिकासहितका विभिन्न ठाउँमा दाउरा बाल्नुका साथै सर्वसाधारणलाई तातो चिया उपलब्ध गराएको जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले बताए ।

नेपाली सेनाले जलेश्वर नगरपालिकाको शङ्करचोक, दुर्गाचोक, बुद्धिजीवीचोक, अस्पतालचोक, परिकौलीचोक, जिरोमाइलचोक, त्यस्तै पिपराको मुख्यचोक, महोत्तरीको पर्साचोकलगायतका सार्वजनिक स्थानमा सर्वसाधारणलाई जाडोबाट बचाउनका लागि दाउरा बालेको तथा त्यहाँका सयौँ व्यक्तिलाई तातो चिया खुवाएको गणपति विदुर अधिकारीले बताए ।

यसरी जिल्लामा शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो भइरहेको बेला नेपाली सेनाले न्यानो बाँड्दै हिँडेपछि बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाका अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन् ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १० : ३५ बजे

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको