‘ट्वीनी गर्लस्’ लाई मन पर्दैन ‘भाइरल’ को ट्याग | Khabarhub Khabarhub

‘ट्वीनी गर्लस्’ लाई मन पर्दैन ‘भाइरल’ को ट्याग


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमवार राजधानीमा चलचित्र ‘लभ डायरिज’ को गीत सार्वजनिक कार्यक्रम थियो । गीतमा ट्वीनी गर्लस् भनेर चिनिएका प्रिन्सा खतिवडा र प्रिज्मा खतिवडा पनि उपस्थित थिए । किनकि, उक्त गीतको भिडियोमा यी दुईको पनि अभिनय थियो ।

यी दुई सामाजिक सञ्जाल ‘टिकटक’ बाट चर्चामा आएका थिए । उनीहरुको क्रेज देखेर चलचित्र ‘लभ डायरिज’ का निर्देशकले चलचित्रको गीतमा अभिनय गराउने निर्णय गरे ।

ट्वीनी गर्ललाई पनि पहिलोपटक फिल्मबाट अफर आउँदा खुशी लागेको थियो । अर्जुन पोखरेलको संगीतमा तयार भएको यो गीत सुनेर यी दुई गीतको भिडियोमा काम गर्न राजी भए ।

सोमवार गीत रिलिज गरियो । लोकशैलीको गीतमा चलचित्रका कलाकार सुशील श्रेष्ठ, रुविना थापा लगायत पनि नाचेको देख्न सकिन्छ ।

कार्यक्रमको प्रश्नोत्तर सेसनमा एक पत्रकारले निर्माण टिमलाई सोधे – तपाईंहरुले यो गीतमा नचाएर ‘ट्वीनी गर्लस्’ लाई ‘युज’ गर्न खोज्नुभएको हो?

पत्रकारको भनाइ थियो, बजारमा भाइरल भएकालाई लिएर फिल्मको प्रचार गर्न खोजिएको भन्ने ।

पत्रकारको यो प्रश्नले एकछिन मौनता छायो । त्यसपछि निर्देशक सौरभ चौधरीले भने – त्यस्तो होइन, उनीहरु चर्चामा आउनु पहिले नै हामीले चिनेका थियौँ । अहिले चर्चामा रहेकाले फिल्मको प्रचारमा फाइदा पुग्छ भनेर भिडियोमा मौका दिएका हौँ ।

लगत्तै प्रिज्माले भनिन् – हामीलाई पनि हामी प्रयोग गरिएको झैँ लाग्दैन । गीत मन परेर नै यसमा काम गर्न सहमति जनाएका हौँ । यसले हामीलाई पनि फाइदा पुर्‍याएको छ ।

प्रिन्सीले थपिन् – बरु यो ‘भाइरल’ भनेर हामीलाई जुन ट्याग लागेको छ । यो चाहिँ होइन जस्तो लाग्छ । हामी त एक वर्षदेखि निरन्तर काम गरिरहेका छौँ । भाइरल त केही छोटो समयका लागि हुन्छ नि होइन र?

‘ट्वीनी गर्लस्’ ले दर्शकले लगाउँदै आएको यो ट्याग मन नपरेको धारणा राखे ।

त्यसो त नेपालमा सामाजिक सञ्जालमार्फत भाइरल हुने र छिट्टै हराउने भइरहन्छ । टिकटकबाट चर्चामा आएका प्रिन्सा र प्रिज्मा भने पछिल्लो समय चर्चामा छन् । यी दुईले आफूहरु छुट्टिएर काम नगर्ने बताउँछन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १२ : २३ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।