नागरिकता सच्याएको कसुरमा अख्तियारको अनुसन्धानमा तानिए डिएसपी रमेश सिंह | Khabarhub Khabarhub

नागरिकता सच्याएको कसुरमा अख्तियारको अनुसन्धानमा तानिए डिएसपी रमेश सिंह


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकतामा आफ्नो जन्ममिति सच्याएको देखिएपछि महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन् ।

अख्तियारले एक पत्र पठाउँदै डिएसपी सिंहलाई बयानका लागि उपस्थित हुन भनेको छ ।

राष्ट्रसेवक (कर्मचारी)ले आफूलाई लाभ पुग्ने गरी जन्म मिति, नाम, थर सच्याउने वा अनुवाद गर्न पाउँदैनन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १० मा जन्म मिति सच्याउने राष्ट्रसेवकलाई कसुरको मात्राअनुसार ३ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

अख्तियार स्रोतका अनुसार डिएसपी सिंहले पनि भ्रष्टाचार निवारण ऐनमा गरिएको व्यवस्था प्रतिकुल हुने गरी कसुर गरेको देखिएको छ ।

डिएसपी सिंहविरुद्ध जन्ममिति सच्याएर किर्ते गरी सरकारी सेवामा प्रवेश गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान गर्ने क्रममा ‘कैफियत’ देखिएपछि बयानका लागि बोलाइएको अख्तियार स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  २ : १५ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले यही असार १३ गतेका लागि

सुरु भयो रोपाइँ (तस्बिरहरू)

सिन्धुली– असारको पहिलो सातामै वर्षा भएपछि किसानहरू खेतीमा व्यस्त भएका

सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

काठमाडौं– कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रामा काठमाडौं

गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए

गाजा – गाजाक्षेत्रमा जारी कारबाहीका क्रममा सातजना इजरायली सेना मारिएका

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका– १० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा