त‍स्वीरमा तमु ल्होसार « Khabarhub

त‍स्वीरमा तमु ल्होसार



काठमाडौं– आज देशभरका गुरुङ समुदायले तमु ल्होसार भव्य रुपमा मनाएका छन् । पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै मंगलबार गुरुङ समुदायले ‘तमु ल्होसार’ धूमधामसाथ मनाएका हुन् ।

तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको विशेष कार्यक्रमको गुरुङ समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरु मौलिक पोषाकमा सजिएका थिए । युवावर्गहरु पनि सेल्फीमा रहमाउँदै थिए ।

महिलाहरु शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचको व्यस्त बनेका थिए ।

‘तमु’ गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ ।

तमु संस्कृतिअनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित हुन्छ । सोमबार मध्यरातमा गुरुङसमुदायले मृग बर्गको विदाई गरे च्यू ल्हो अर्थात मुसा बर्गको स्वागत गरेका हुन् ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हुन्छ ।

 

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ४ : ५२ बजे

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक