मुद्दा मिलाउन ‘घुस लिने’ दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ | Khabarhub Khabarhub

मुद्दा मिलाउन ‘घुस लिने’ दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपसचिव खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।

आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुसँग घुस लिएको आरोप लागेका रिजाल अहिले निलम्बनमा छन् ।

रिजालमाथि लागेको सोही आरोपको थप अनुसन्धानका लागि भन्दै अख्तियारले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले रिजाललाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएको विषय सार्वजनिक भएको थियो ।

घुस लिएको विषय सार्वजनिक भएपछि गृह मन्त्रालयले गत बिहीबार नै उनलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ५ : ३० बजे

एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले यही असार १३ गतेका लागि

सुरु भयो रोपाइँ (तस्बिरहरू)

सिन्धुली– असारको पहिलो सातामै वर्षा भएपछि किसानहरू खेतीमा व्यस्त भएका

सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

काठमाडौं– कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रामा काठमाडौं

गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए

गाजा – गाजाक्षेत्रमा जारी कारबाहीका क्रममा सातजना इजरायली सेना मारिएका

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका– १० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा