सभामुख चयनमा ओली–प्रचण्ड विवाद, ओली नेम्वाङ र प्रचण्ड सापकोटाकै अडानमा « Khabarhub

सभामुख चयनमा ओली–प्रचण्ड विवाद, ओली नेम्वाङ र प्रचण्ड सापकोटाकै अडानमा


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को आ–आफ्नै अडानले संघीय संसदको भावी सभामुख चयनको विषय थप पेचिलो बन्ने भएको छ ।

सभामुख चयनका विषयमा प्रधानमन्त्री समेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा छलफल जारी छन् । सभामुख चयनकै विषयमा मंगलबार पनि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवासमा झण्डै २ घण्टा छलफल भयो । तर, दुवै नेताले आ–आफ्नो अडान नछाड्दा सहमति हुन सकेन ।

ओली प्रचण्डबीच सभामुख चयनको विषयमा सहमति नहुँदा प्रतिधिभिसभाको बुधबार बस्ने गरी तय भएको बैठक ११ दिन पछि (पुस १७ गते)का लागि सारिएको छ ।

प्रतिनिधिसभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुखको निर्वाचनका लागि दिन (मिति) तोक्नेसँग सम्बन्धित छ ।

तर, सत्तारुढ दल भित्रको असहमतिले संसद नै बन्धक बन्न पुगेको छ ।

प्रचण्डले भने– सुवासलाई बोक्न सकिन्न

भावी सभामुखका लागि नेकपाका २ जना नेताको नाम चर्चा छ । संविधान सभाका तत्कालीन अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेकपा स्थायी कमिटी सदस्य अग्नी सापकोटा भावी सभामुखका लागि ‘प्रस्पिर्धा’मा छन् ।

तर, दुवै अध्यक्षबीच २ मध्ये कुनै १ जनालाई सभामुखको उम्मेदवार बनाउने भन्नेबारे सहमति हुन सकेको छैन ।

मंगलबार बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुग्दा प्रधानमन्त्री ओलीले भावी सभामुखका लागि सुवासचन्द्र नेम्वाङको नाममा सहमति जनाउन आग्रह गरेका थिए ।

तर, प्रचण्डले भने अग्नीलाई छाडेर सुवासलाई बोक्न नसकिने तर्क अगाडि सारे ।

‘पार्टी एकताकै लाइनअनुसार पनि साथीहरुले सभामुख पद नछाड्ने भनेर चर्को दवाव दिइरहनुभएको छ । ममाथि चर्को विवाद छ भन्ने तपाईंले पनि बुझिदिनु पर्‍यो,’ अध्यक्ष प्रचण्डले ओलीको प्रस्तावप्रति जनाएको प्रतिक्रिया उद्धृत गर्दै प्रचण्डनिकट एक नेकपा नेताले खबरहबसँग भने, ‘अरु साथीहरुले पनि सुवासजीको नाममा सहमति जनाउने अवस्था छैन ।’

प्रचण्डको जवाफ पछि पनि ओलीले सभामुखका लागि नेम्वाङ मात्रै उपयुक्त पात्र भएको जिकिर गरेका नेकपाको ती नेताको भनाइ छ ।

‘सरकारले आफ्ना कामहरु प्रभावकारी रुपमा अगाडि बढाउन संसदको पनि सहयोग आवश्यक पर्छ । सबैलाई मिलाएर समन्वयकारी भूमिका निर्वाह गर्न सुवासजी नै उपयुक्त पात्र हो,’ प्रचण्डसँग ओलीको भनाइ थियो ।

सचिवालयमा नेम्वाङको विपक्षमा बहुमत !

आइतबार बसेको नेकपा सचिवालय बैठकमा समेत सभामुख चयनको विषयले प्रवेश पाएको थियो । तर, सचिवालय बैठकले सभामुख चयनको विषयमा कुनै निर्णय भने गर्न सकेन ।

सचिवालयले निर्णय गर्न नसकेपछि सभामुखका लागि ‘उपयुक्त पात्र’ छान्ने जिम्मा पनि दुई जना अध्यक्षले नै पाए ।

‘सचिवालयमा बैठकमा प्रधानमन्त्री (ओली)कै तर्फबाट सभामुख चयनको विषयमा कुरा आएको थियो । तर, त्यसमा कुनै सहमति हुन सकेन । आइतबारको बैठकले उक्त विषयमा सहमति गर्न जिम्मा अध्यक्षद्वयलाई दियो,’ नेकपाका एक सचिवालय सदस्यले भने ।

नेकपा स्रोतका अनुसार भावी सभामुख चयनको विषयमा सचिवालयकै सदस्यबीच पनि एक मत छैन ।

‘सचिवालय सदस्यको मतको आधारमा सुवासजी अझै अल्पमत मै हुनुहुन्छ । उहाँको पक्षमा प्रधानमन्त्रीसहित ३ जना मात्रै हुनुहुन्छ,’ नेकपा स्रोतले खबरहबसँग भन्यो ।

स्रोतका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन् ।

अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्य झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र रामबहादुर थापा (बादल)ले भने नेम्वाङको नाममा असहमति जनाइसकेका छन् ।

नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने अहिलेसम्म न त नेम्वाङको समर्थन गरेका छन्, न त विरोध नै ।

सभामुखको विषयमा अग्नी सापकोटाको चर्चा चलेपनि सचिवालय बैठकमा भने प्रधानमन्त्री ओलीले नेम्वाङको नाम मात्रै अनौपचारिक रुपमा अगाडि सारेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ६ : ०४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच