सिके राउतसँग झस्कियो सरकार : गतिविधि पुरानै, सहमति औपचारिकता मात्र ! « Khabarhub

सिके राउतसँग झस्कियो सरकार : गतिविधि पुरानै, सहमति औपचारिकता मात्र !


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सिके राउतसँग गरेको सम्झौताको अन्तरकथा आजको नयाँ पत्रिकाले मुख्य समाचारका रुपमा छापेको छ । अघिल्लो राति नै प्रधानमन्त्री निवासमा सहमित, भोलिपल्ट औपचारिकता मात्र भन्ने शीर्षकमा पत्रिकाले समाचार छापेको हो ।

सहमतिबारे अघिल्लो दिन नै प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो । वालुवाटार वार्तामा थिएः प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, पूर्ववार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे, गृहसचिव प्रेमकुमार राई, स्वतन्त्र मधेश गठबन्धनका डा. सिके राउत, सिकेका दाजु जयकान्त राउत र सीके समूहका सहजकर्ता चन्दननाथ ।

राजनीतिक मूलधारमा आउन हस्ताक्षर गरेलगतै सिके राउत स्वतन्त्र मधेसकै गतिविधिमा सक्रिय शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापिएको छ भने नेकपाका नेता जगन्नाथ खतिवडाले यस विषयमा केपी ओली जानी–नजानी षड्यन्त्रमा पस्नुभो भन्ने टिप्पणी गरेका छन् ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरेको समाचार पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । राप्ती विज्ञान प्रतिष्ठानमा अनियमितता भएको निष्कर्षसहित संसदीय समितिले उनीहरुलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

त्यस्तै इथियोपियाको जहाज दुर्घटनामा एक नेपाली सहित १५७ जनाको मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । विश्व खाद्य कार्यक्रममा, इथियोपियामा कार्यरत गोरखाकी एकता अधिकारी दुर्घटनामा निधन भएको इजिप्टस्थित नेपाली दूतावासले पुष्टि गरेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ७ : ०७ बजे

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा