नगरपालिका खुलाउन मेयर नै धर्नामा ! « Khabarhub

नगरपालिका खुलाउन मेयर नै धर्नामा !


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्थानीयतहको निर्वाचनसँगै गाउँगाउँमा विकास निर्माणका काम द्रुतगतिमा अघि बढिरहेका धेरैतिरका समाचार सार्वजनिक भइरहेका बेला सर्लाहीमा भने फरक घटना घटेको छ ।

सर्लाहीको दक्षिण पश्चिम भारतीय सीमा क्षेत्रमा रहेको बलरा नगरपालिकामा उमेयरसहित केही वडाअध्यक्षले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । अनि मेयरले तालाबन्दी खुलाउने बाटोका रुपमा धर्नालाई लिएको नागरिक दैनिकमा खबर छ ।

हिजो (आइतबार) दिउँसो २ बजेदेखि आफ्ना केही समर्थकसहित मेयर अभयकुमार सिंह धर्नामा बसेका छन् । उनले उपमेयर र केही वडाअध्यक्षले आफूलाई विफल बनाउन कार्यालयमा तालाबन्दी गरेको र त्यो खुलाउन धर्नामा बसेको बताएका छन् । कार्यालयमा भएको तालबन्दीले नगरपालिकाका कार र विकासका गतिविधि ठप्प भएकाले तालाबन्दी खुलाउन धर्ना बस्नुपरेको मेयर सिंहले बताएका छन् ।

सीके राउतसँग सरकारले गरेको सहमतिप्रति सत्तारुढ दलकै आपत्ति रहेको उनलाई राष्ट्रियसभामा लैजाने तयारी गरिएको, जनकपुरमा राउतको सुरक्षाका लागि बेग्लै सुरक्षादस्ता सार्वजनिक भएको खबर छापिएका छन् ।

त्यस्तै सरकारी जलविद्युत आयोजना, जनताको लगानी फाइदा कि हानी शीर्षकको समाचारमा जलविद्युत आयोजना सञ्चालनका लागि जनताले सेयर लगानी गर्नु हानी कि फाइदा भन्ने विषयमा बहस शुरु भएको छ । विज्ञहरुका अनुसार अहिलेकै अवस्थामा सरकारले लगानी गर्ने विद्युत आयोजनाहरुको सेयर खरिद गर्दा सर्वसाधारणलाई फाइदा नहुने बताएका छन् ।

त्यस्तै ७८ लाख रुपैयाँ खुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले सुविधाबापत लिएको कूटनीतिक राहदानी रातो पासपोर्ट बुझाएका छैनन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ७ : ३८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५