डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग स्पष्टीकरण « Khabarhub

डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग स्पष्टीकरण


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ ।

श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणसहित आधा दर्जन आरोपमा छानबिन गर्न समिति बनाई उसले सिफारिस गरेको आधारमा मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

‘पाँच दिनको समय दिएर श्रेष्ठसँग लिखित स्पष्टीकरण मागिएको छ,’अर्थ मन्त्रालय स्रोतले भन्यो,‘जवाफ चित्त नबुझे उनलाई बर्खास्त गरिनेछ ।’

सरकारको निर्देशनमा एक महिनाअघि राष्ट्र बैंकले श्रेष्ठमाथि समिति बनाएर छानबिन गर्न लगाएको थियो। सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिले प्रतिवेदन तयार पारेको थियो।

श्रेष्ठसँग पनि सोधपुछ गरेर प्रतिवेदन तयार पारिएको थियो। प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेर अर्थमन्त्रालय हुँदै मन्त्रीपरिषदमा लगिएको थियो।

सम्पति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीका आधारमा सरकारले श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। उनीमाथि वित्तीय क्षेत्रलाई समस्यामा पार्ने, नक्कली बिल बनाएर भुक्तानी लिनेजस्ता आरोप सरकारले लगाएको थियो।

सरकारले लगाएको आरोपमाथि समितिले छानबिन गरेको थियो। समितिको छानबिनमा श्रेष्ठ दोषी भेटिएका थिए।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ४१ बजे

कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा

काठमाडौँ – नेपाली क्रिकेट टोलीले सोमबारदेखि घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

नेपालगन्ज– बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको

वन्यजन्तु सप्ताह : सचेतना र संरक्षणमा जोड

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी