अनौठो जेलः जहाँ कैदीबन्दीले नै सञ्चालन गरेका छन् ब्यूटीपार्लर ! « Khabarhub

अनौठो जेलः जहाँ कैदीबन्दीले नै सञ्चालन गरेका छन् ब्यूटीपार्लर !


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अपराधमा कसुरदार मानिएका व्यक्ति अर्थात कैदीबन्दी जो जेल भित्र सजाय भुक्तान गर्दछन् । उनीहरु विशेष परिस्थितिमा बाहेक अन्य समयमा जेलबाट बाहिरिन पाउँदैनन् ।

यतिमात्र होइन, बाहिरका आम मानिसको सम्पर्कमा समेत आउन पाउँदैनन् । तर भारतको एक जेलका कैदीबन्दी भने आम जनतासंग प्रत्यक्ष भेटी उनीहरुको सौन्दर्य बढाउने काममा सक्रिय रहेका छन् ।

भारतको केरलामा जेलभित्र रहेका कैदीबन्दीले सामाजिक दायित्वका लागी भन्दै अनौठो कार्यको शुरुवात गरेका छन् । विभिन्न अपराधमा कसुरदार मानिएका कैदीबन्दीले जेल भित्र सजाय भुक्तान मात्र गरेका छैनन् उनिहरुले एक व्यूटीपार्लर सञ्चालन गरेका छन् ।

न्यू इन्डियन एक्सप्रेसका प्रकाशित समाचारका अनुसार उक्त व्यूटी पार्लरमा कपाल काट्ने, रंगाउने, स्पा, मैनिक्योर, पेडिक्योर र फेसियल लगायतका सबै सुविधा उपलब्ध छ ।

जेलका २२ कैदीबन्दीलाई कारागार व्यवस्थापनले व्युटिसियन तालिम दिई काममा लगाएको थियो । जसका लागि जेल व्यवस्थापनले एक खाली भवनलाई प्रयोगमा ल्याई ९ लाख भारुमा पार्लर निर्माण गरेको थियो ।

कैदीद्वारा सञ्चालित ब्यूटीपार्लरमा अन्य ब्यूटीपार्लरको तुलनामा निकै कम मुल्यमा सेवा दिइएको छ । उक्त ब्यूटीपार्लरमा ब्यूटीशियनका रुपमा कैदिबन्दी नै रहने गरेका छन् । उक्त ब्युटि पार्लरमा वरिष्ठ नागरिकका लागी मैनिक्योर र फुट मसाजको सेवा अन्य सेवाको उपयोगमा निशुल्क दिने गरीएको छ । पार्लरमा हुने आम्दानि स्थानिय एक वेलफेयर फण्डमा जम्मा हुने गरेको छ ।

पार्लरले सफलता पाएपछि अब तिरुअनंतपुरम्, त्रिशूर, कुन्नूर र कोझिकोडीमा कैदीबन्दीले पेट्रोल पम्प सञ्चालनमा ल्याउने योजनामा रहेको जेलका महानिर्देशक ऋषिराज सिंहले बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : ०० बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश