अनौठो जेलः जहाँ कैदीबन्दीले नै सञ्चालन गरेका छन् ब्यूटीपार्लर ! « Khabarhub

अनौठो जेलः जहाँ कैदीबन्दीले नै सञ्चालन गरेका छन् ब्यूटीपार्लर !


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अपराधमा कसुरदार मानिएका व्यक्ति अर्थात कैदीबन्दी जो जेल भित्र सजाय भुक्तान गर्दछन् । उनीहरु विशेष परिस्थितिमा बाहेक अन्य समयमा जेलबाट बाहिरिन पाउँदैनन् ।

यतिमात्र होइन, बाहिरका आम मानिसको सम्पर्कमा समेत आउन पाउँदैनन् । तर भारतको एक जेलका कैदीबन्दी भने आम जनतासंग प्रत्यक्ष भेटी उनीहरुको सौन्दर्य बढाउने काममा सक्रिय रहेका छन् ।

भारतको केरलामा जेलभित्र रहेका कैदीबन्दीले सामाजिक दायित्वका लागी भन्दै अनौठो कार्यको शुरुवात गरेका छन् । विभिन्न अपराधमा कसुरदार मानिएका कैदीबन्दीले जेल भित्र सजाय भुक्तान मात्र गरेका छैनन् उनिहरुले एक व्यूटीपार्लर सञ्चालन गरेका छन् ।

न्यू इन्डियन एक्सप्रेसका प्रकाशित समाचारका अनुसार उक्त व्यूटी पार्लरमा कपाल काट्ने, रंगाउने, स्पा, मैनिक्योर, पेडिक्योर र फेसियल लगायतका सबै सुविधा उपलब्ध छ ।

जेलका २२ कैदीबन्दीलाई कारागार व्यवस्थापनले व्युटिसियन तालिम दिई काममा लगाएको थियो । जसका लागि जेल व्यवस्थापनले एक खाली भवनलाई प्रयोगमा ल्याई ९ लाख भारुमा पार्लर निर्माण गरेको थियो ।

कैदीद्वारा सञ्चालित ब्यूटीपार्लरमा अन्य ब्यूटीपार्लरको तुलनामा निकै कम मुल्यमा सेवा दिइएको छ । उक्त ब्यूटीपार्लरमा ब्यूटीशियनका रुपमा कैदिबन्दी नै रहने गरेका छन् । उक्त ब्युटि पार्लरमा वरिष्ठ नागरिकका लागी मैनिक्योर र फुट मसाजको सेवा अन्य सेवाको उपयोगमा निशुल्क दिने गरीएको छ । पार्लरमा हुने आम्दानि स्थानिय एक वेलफेयर फण्डमा जम्मा हुने गरेको छ ।

पार्लरले सफलता पाएपछि अब तिरुअनंतपुरम्, त्रिशूर, कुन्नूर र कोझिकोडीमा कैदीबन्दीले पेट्रोल पम्प सञ्चालनमा ल्याउने योजनामा रहेको जेलका महानिर्देशक ऋषिराज सिंहले बताएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : ०० बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक