सप्ताहव्यापी रुपमा योग दिवस मनाइने « Khabarhub

सप्ताहव्यापी रुपमा योग दिवस मनाइने


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सप्ताहव्यापी रुपमा पाँचौँ योग दिवस मनाउने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय योग दिवस तयारी मुल समारोह समितिको बैठकले आगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग दिवस मनाउने निर्णय गरेको हो ।

प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाइँदै आइएको छ । शिक्षासचिव महेशप्रसाद दहालको संयोजकत्वमा योग दिवस कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए ।

उपसमितिले विभिन्न संघ संस्थाको समन्वयमा साप्ताहिक कार्यक्रम तय गर्नेछ । सो अवसरमा शिक्षामन्त्री पोखरेलले योग दिवसलाई एक दिनमात्र नभएर अभियानका रुपमा लैजानुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ६ : १० बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका