बगदादमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु | Khabarhub Khabarhub

बगदादमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इराकको बगदाद विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ ।

विमानस्थलमा ३ रकेट प्रहार भएको र ८ जनाको ज्यान गएको इराकी सुरक्षा अधिकारीले बताएका छन् ।

‘बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा रकेट प्रहार भएको छ, जसमा दुई वटा कार पूर्णरुपमा ध्वस्त भएका छन्’, इराकी आर्मीले जारी गरेको बयानमा भनिएको छ ।

आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको नाम नबताउने शर्तमा एक जना सुरक्षा अधिकारीले जानकारी दिए ।

केही दिनअघि इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण र नाराबाजीपछि अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्ने फैसला लिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : ४२ बजे

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन

एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज

काठमाडौं – पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र

एन्फा महिला लिग छनोट आजदेखि, उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज (बिहीबार)देखि

गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु

गाजा – गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान