प्रेमिका लिएर पति फिल्म हेर्न गएको थाहा पाएपछि पत्नी हलमा पुगिन्, त्यसपछि… « Khabarhub

प्रेमिका लिएर पति फिल्म हेर्न गएको थाहा पाएपछि पत्नी हलमा पुगिन्, त्यसपछि…


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत, गुजरातको अहमदाबादका एक ब्यक्ति कार्यालय समयबाट फुर्सद निकालेर आफ्नी प्रेमिकाका साथ सलमान खान अभिनित चलचित्र दबंग हेर्न पुगे ।

तर दबंगको टिकट हाउसफुल रहेकोले उनी रानी मुर्खजीको फिल्म मर्दानी २ हेर्न थाले । तर यतिकैमा उनकी श्रीमती फिल्म हलमा नै पुगी हगांमा मच्चाएकि छन् ।

एक परिचित ब्यक्तिले महिलालाई उनको श्रीमानलाई हलमा देखेपछि उनीपनि फिल्म हेर्न आइन् कि भनेर फोन गरी सोधे । तर श्रीमतीले आफु घरमा रहेको बताइन् ।

त्यसबेला सम्म उनले कुनै आपत्ती जनाइनन् । तर फोनकर्ताले उनका श्रीमान् एक महिलाका साथ चलचित्र हलमा रहेको बताए तब ति महिला श्रीमानलाई चेक गर्न हलमा पुगिन् ।

त्यसबेला उनका श्रीमान कर्नर सिटमा बसेर हलमा प्रेमिका साथ चलचित्रमा रमाइरहेका थिए । तत्काल ति महिलाले श्रीमान प्रति रिस पोख्दै कराइन् र गालिगलौज गर्दै हात हालिन् । ति पुरुषकी प्रेमिका पनि आपत्ति जनाउदै महिलामाथि जाइलागिन् ।

तर ति महिलालले उनको समेत कपाल तान्दै फिल्म हलको माहौल खल्बलाइन् । यतिमात्रमा घटना सकिएन, यस बिषयमा हल मालिकले प्रहरीको सहायता मागे र प्रहरी घटनास्थलमा पुग्यो ।

प्रहरी आएपछि महिलाले आफ्नो श्रीमानले धोका दिएको भन्दै मौखिक उजुरी गरीन् । प्रहरी अधिकारीले ति महिलाको लिखित उजुरी नआएकोले चौकीमा पुर्याई तीनै जनालाई सम्झाइबुझाइ गरी घर फर्काए ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : ०५ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार