जाडो मौसममा शरीर तातो बनाउने यी हुन् १५ खानेकुरा | Khabarhub Khabarhub

जाडो मौसममा शरीर तातो बनाउने यी हुन् १५ खानेकुरा


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मौसम चिसो भएका बेला शरीरलाई न्यायो पार्न धेरै प्रकारका तातो परीकारहरु खाने गरिन्छ ।

शरीरको हड्डीसहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ । यो बेला स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनु अनिवार्य हुन्छ ।

हामी जाडो मौसममा खान सकिने परीकार तथा खानेकुराको जानकारी दिदैंछौ, जसले तपाईको शरीर न्यायो राख्नुको साथै स्वस्थ र फिट रहन्छ ।

१. सागपात

जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ ।

२. गाजरको खिर/हलुवा

जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ । हलुवाको गाजर बनाउदा“, चिनि, खुवा, अलैंची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ ।

३. तातो भोजन

जाडो मौसममा सामान्य तातो भोजन सेवन गर्नुपर्छ । यसले शरीरमा तातोपना बढाउनुका साथै चिसोले निष्क्रिय भएको शारीरीक अंगलाई फाइदा समेत पुर्याउदछ ।

४. भुटुनमा तोरी तेल

कम मात्रामा नुनको प्रयोग गरी रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाएमा समेत यसले शरीरमा ताप बढाउने गर्दछ ।

५. पर्याप्त तरल पदार्थ

जाडोमा पसिना कम आएपनि पर्याप्त मात्रामा पानी एवं तरल पदार्थको सेवन गर्नुपर्छ । विशेषतः बालबालिका, गर्भवती महिला तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम खानु हुदैन ।

६. आलस र तिल

शरीरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहानबेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ ।

७. काजु, पिस्ता र बदाम

काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरीरलाई तातो बनाइराख्छ । अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ ।

८. अदुवा, बेसार

सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा र बेसार जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ ।

९. चिकेन सुप

यदि तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा कुखुराको सुप बनाएर पिउनाले निकै लाभ मिल्छ । कुखुराको मासुले शरीरलाई तातो दिने काम गर्छ । यसले रुघाखोकी समेत निको पार्छ ।

१०. जौ, गहुँ र फापर

जाडोमा भात खानु उपयुक्त मानिदैन, यसले शरीरलाई चिस्याउने काम गर्छ । जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो । यि अन्नले शरीरमा तातोपना बनाइ राख्ने गर्दछन् ।

११. लसुन

चिसो भगाउन लसुनलाई निकै राम्रो मानिन्छ । साथै यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउछ । लसुनको सेनव गर्दा भाइरससंग लड्न समेत मद्दत गर्छ ।

१२. मरिच

चिसो मौसममा रुघा, खोकी र ज्वरोसंग लड्नका लागि मरिच निकै प्रभावकारी मानिन्छ । मरीचमा पनि कालो मरीचले शरीरमा तातोपना बढाउनुका साथै रोगसंग लड्ने क्षमता बढाउ“छ ।

१३. चिया

जाडो मौसममा चिया, कफि वा हर्बल टी पिउनु निकै लाभदायक हुन्छ ।

१४. गेडागुडी तथा माछा मासु

जाडोमा टुसा पलाएको गेडागुडी तथा माछामासुको सेवन गरेमा चिसो लाग्दैन । साथै छाला रुखो हुनबाट समेत बचाउछ । यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ ।

१५. दुध तथा अण्डा

अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ । यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउछ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ५ : ५२ बजे

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को उत्तरपश्चिमी टुम्बा

कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना हुँदा ९ वर्षीया छात्राको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको माईक्रो भ्यानको

जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिँचाइ मन्त्री दीपक

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं– पर्यटन व्यवसायमा महिला सहभागिता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका