सुनको मूल्य प्रतितोला १ हजार बढ्यो « Khabarhub

सुनको मूल्य प्रतितोला १ हजार बढ्यो


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतवार(आज) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेको छ । बढेको मूल्यसँगै प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

बुधबार र बिहीबारस्थिर रहेको सुनको मूल्य शुक्रबार एकै दिन तोलामा १ हजार बढेर प्रति तोला ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । आइतबार फेरि एकै दिन तोला १ हजार बढेर प्रतितोला ७५ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ हजार रुपैयाँ बढेर नेपालको इतिहासमा सबैभन्दा महँगो अर्थात रेकर्ड ब्रेक गरेको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य ७५ हजार २ सय कायम भएको छ । यस भन्दा अगाडि गत भदौ ९ गते सुनको मूल्य तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि बजारमा घटेर ७० हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : ०७ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा