उच्च तहका प्रहरी अधिकृतले अब जवानको मेसमा खाना खानुपर्ने | Khabarhub Khabarhub

उच्च तहका प्रहरी अधिकृतले अब जवानको मेसमा खाना खानुपर्ने


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उच्च तहका प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने निर्देशन जारी गरेका छन् ।

संठनमा माथिल्लो र तल्लो दर्जाका प्रहरी कर्मचारीबीच विभेद रहेको गुनासो बढ्दै गएका बेला डिआइजी पोखरेलले माथिल्लो तहका प्रहरी अधिकृतहरुले पनि तल्लो तहका प्रहरी कर्मचारीको दैनिकीप्रति जानकार रहनुपर्ने बताएका हुन् ।

डिआइजी पोखरेलले माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरुले हप्ताको कम्तिमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने पनि निर्देशन जारी गरेका छन् ।

आइतबार महानगरीय प्रहरी परिसर ललितपुर तथा मातहतका प्रहरी कार्यालयको निरीक्षणमा निस्किएका डिआइजी पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्याको समाधान संगठन भित्रैबाट खोज्नुपर्ने बताएका छन् ।

डिआइजी पोखरेलले संगठन भित्रका समस्याहरुलाई बाहिरी प्रचारको विषय नबनाउन पनि प्रहरी कर्मचारीलाई सचेत गराएका छन् ।

डिआइजी पोखरेलले जनतालाई प्रवाह गर्ने सेवा निष्पक्ष, समान र सम्मानजनक हुनुपर्ने पनि बताए ।

प्रहरी कर्मचारीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिँदै डिआइजी पोखरेलले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने समेत बताए ।

डिआइजी पोखरेलले आफ्नो गलत स्वार्थ र गलत आचरणका कारण जानी जानी गल्ती गर्ने प्रहरी कर्मचारीलाई कुनै पनि हालतमा माफ गर्न नसकिने चेतावनी समेत दिए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १ : ४९ बजे

मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए

काठमाडौं- चितवनको मुग्लिङ बजारस्थित मोटरेबल पुलबाट त्रिशूलीमा हामफाल्न ठिक्क परेका

माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा

अण्डाको मूल्य क्रमशः बढ्ने संकेत

नारायणगढ– गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका

राष्ट्रियसभामा शून्य समय : ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौं- राष्ट्रियसभाको बैठकमा सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ घटनाको गम्भीर