कुमारी जबको छैठौँ वार्षिक उत्सवमा मोवाईल एपको शुभारम्भ | Khabarhub Khabarhub

कुमारी जबको छैठौँ वार्षिक उत्सवमा मोवाईल एपको शुभारम्भ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं—मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जब प्राली ले यही पौष १६ गते आफ्नो छैठौँ वार्षिकउत्सव एक भव्य समारोहकाबीच सम्पन्न गरेको छ ।

वार्षिकउत्सवको अवशरमा प्रा.लि ले www.kumarijob.comनामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको समेत शुभारम्भ गरेको छ । सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको छ ।

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यक्तिको ठूलो उपस्थितिका विच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो । कार्यक्रममा कुमारी जब प्रा।लिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

कुमारी जब प्रालीमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा प्रालि ले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कुमारी जब प्रा।लिका व्यवस्थापकीय प्रमुख श्री सन्देश भण्डारीले कुमारी जब प्रा।लि नव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा यसले थप सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यसैगरी कुमारी जब प्रा.लि मानव संसाधन व्यवस्थापनका सम्पुर्ण पक्षसँग जोडिईसकेको र यो क्षेत्रमा आफुले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लागि रहने कुरा बताए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : २० बजे

सरकारले बेचेको चिया बगान : एकातिर सुकुम्बासी, अर्कातिर संघाई ग्रुप

झापा– पूर्वी नेपालका झापा, इलाम र पाँचथर जिल्ला चिया बगानका

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान

भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ

काठमाडौं – भाषिक विवादमा फसेका दक्षिण भारतीय नायक कमल हसनलाई