कुमारी जबको छैठौँ वार्षिक उत्सवमा मोवाईल एपको शुभारम्भ « Khabarhub

कुमारी जबको छैठौँ वार्षिक उत्सवमा मोवाईल एपको शुभारम्भ


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं—मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जब प्राली ले यही पौष १६ गते आफ्नो छैठौँ वार्षिकउत्सव एक भव्य समारोहकाबीच सम्पन्न गरेको छ ।

वार्षिकउत्सवको अवशरमा प्रा.लि ले www.kumarijob.comनामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको समेत शुभारम्भ गरेको छ । सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने रहेको छ ।

नेपालभर मानव संसाधन व्यवस्थापनमा विभिन्न संस्थामा आवद्ध रहि काम गर्दै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्ध व्यक्तिको ठूलो उपस्थितिका विच कुमारी जबले आफ्नो छैटौँ वाषिक उत्सव मनाएको हो । कार्यक्रममा कुमारी जब प्रा।लिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

कुमारी जब प्रालीमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा प्रालि ले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कुमारी जब प्रा।लिका व्यवस्थापकीय प्रमुख श्री सन्देश भण्डारीले कुमारी जब प्रा।लि नव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा यसले थप सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यसैगरी कुमारी जब प्रा.लि मानव संसाधन व्यवस्थापनका सम्पुर्ण पक्षसँग जोडिईसकेको र यो क्षेत्रमा आफुले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लागि रहने कुरा बताए ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ५ : २० बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया