फिल्ममा प्रहरीलाई नकारात्मक चरित्रमा नदेखाऔ‌ं: आईजीपी खनाल « Khabarhub

फिल्ममा प्रहरीलाई नकारात्मक चरित्रमा नदेखाऔ‌ं: आईजीपी खनाल


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली फिल्ममा प्रहरीलाई नकारात्मक रुपमा भन्दा बढी सकारात्मक रुपमा देखाउन अनुरोध गरेका छन् । फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै उनले प्रहरीको भूमिकालाई सकारात्मक रुपमा देखाउनुपर्ने बताएका हुन् ।

नेफ्टा अवार्डबारे जानकारी दिन सोमबार आयोजना गरिएको कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले फिल्मले समाजमा प्रत्यक्ष प्रभाव पार्ने बताए ।

उनले हलिउड फिल्म उद्योगले प्रहरीलाई सकारात्मक देखाएको तर नेपालमा भने धेरैजसो फिल्ममा प्रहरी भन्नबित्तिकै नकारात्मक चरित्रमा देखाइने गरेको टिप्पणी गरे । ‘हलिउडमा प्रहरी भनेपछि सकारात्मक रुपमा देखाइने गरेको पाइन्छ, बलिउडमा पनि त्यसरी नै देखाइएको हुन्छ तर नेपालमा प्रहरी भन्नेबित्तिकै नकारात्मकतालाई बढी जोड दिइएको पाइन्छ,’ खनालले भने ।

कलाकारिता क्षेत्र समाज परिवर्तनको सशक्त माध्यम भएको र समसामयिक विषयमा प्रहरीलाई प्रस्तुत गर्दा त्यसरी नै गर्नुपर्ने उनको धारणा थियो । ‘समसामयिक विषयबारे नेपाल प्रहरीप्रति आलोचनात्मक चेत पनि हुनैपर्छ । तर राम्रा विषयवस्तुहरु पनि समेट्नुपर्छ,’ प्रहरी महानिरीक्षक खनालले भने ।

आईजीपी खनालले ‘समुदाय प्रहरी साझेदारी’ जनताको सहकार्यमा अगाडि बढ्ने बताउँदै अगाडि थपे, ‘सम्पूर्ण नागरिकलाई कलाकारितामार्फत प्रहरी हाम्रै हो भन्ने बुझाइ सम्प्रेषण गरिदिन पनि अनुरोध गर्छु ।’

खनालले फिल्ममार्फत दिएको सन्देशले समाजमा धेरै प्रभाव पार्ने धारणा राखे । साथै उनले कलाकार तथा प्राविधिकलाई शूटिङका बेला आवश्यक पर्ने प्रहरीको सहायता र सुरक्षाको प्रबन्धमा पनि सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ३ : ०७ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र