प्राविधिकविना चलचित्र निर्माण पनि सम्भव छैन: राजेश हमाल | Khabarhub Khabarhub

प्राविधिकविना चलचित्र निर्माण पनि सम्भव छैन: राजेश हमाल


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दर्शकबाट महानायकको उपाधि पाएका राजेश हमालले नेपाली फिल्म क्षेत्रमा ३ दशक बिताइसकेका छन् । उनी अहिले पनि उत्तिकै क्रियाशील छ यो क्षेत्रमा ।

यतिबेला हमाल फिल्ममा अभिनय गर्नबाट हच्किएका छन् । किनकि, पछिल्लो समय उनले अभिनय गरेका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन् ।

कुनै जमानामा एकपछि अर्को गर्दै सुपरहिट फिल्म दिएका हमालले केही असफल भएपछि फिल्मका काम गरेका छैनन् । तर हमाल फिल्मका कार्यक्रम, विज्ञापन र टेलिभिजनमार्फत दर्शकमाझ छाइरहन्छन् ।

शनिवार राजधानीमा भएको कामना अवार्ड समारोहमा पुगेका हमाल आज (सोमबार) अर्को अवार्ड समारोहको घोषणा कार्यक्रममा पुगे ।

नेपाल चलचित्र प्राविधिक संघले हरेक वर्ष आयोजना गर्ने ‘नेफ्टा अवार्ड’ को दशौं संस्करण घोषणामा पुगेका हमालले प्राविधिकविना चलचित्र निर्माण सम्भव नभएको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘प्राविधिकविना चलचित्र निर्माण पनि सम्भव छैन ।’

महानायक हमालले पर्दापछाडि रहेर काम गर्ने प्राविधिकलाई सधै कदर गर्नुपर्ने बताए । उनले आफ्नो करिअरका शरुवाती दिनदेखि नै प्राविधिकसँग हातेमालो गर्दै आएको पनि सुनाए ।

‘यत्तिका लामो चलचित्र मैले यात्रा तय गरेँ, यो यात्रा प्राविधिक, स्पट ब्यायदेखि सबैका कारण सम्भव भएको हो, यहाँसम्म आउन सबैको साथ मिलेको छ,’ हमालले भने ।

आजभोलि हमाल सार्वजनिक कार्यक्रममा बाक्लै देखिन थालेका छन् । भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा समेत सरिक भएका हमालका हातमा कुनै फिल्म छैनन् ।

यसअघि हमालले सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ मा काम गर्ने चर्चा थियो । पछि हमालले समय नभएको भन्दै काम गर्न इन्कार गरेका थिए । हमालका प्रशंसकले भने उनको फिल्मको प्रतीक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ३ : ५९ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो