नेपालमा उपलब्धमध्ये १० प्रतिशत पानी मात्रै प्रयोगमा, थप उपयोगका नयाँ नीति ल्याउँदै सरकार « Khabarhub

नेपालमा उपलब्धमध्ये १० प्रतिशत पानी मात्रै प्रयोगमा, थप उपयोगका नयाँ नीति ल्याउँदै सरकार


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वार्षिक रूपमा उपलब्ध हुने पानीमध्ये १० प्रतिशत मात्रै उपभोग हुने गरेको सन्दर्भमा सरकारले त्यसलाई दिगो विकासको लक्ष्यसँग जोडेर थप उपभोग गर्ने तयारी गरेको छ । नेपालमा वार्षिक करिब २०० अर्ब घनमिटर पानी विभिन्न नदीनालाबाट तथा १० अर्ब घनमिटर पुनःभरण हुने भूमिगत स्रोतबाट उपलब्ध हुने गरेको छ । तर, उपलब्ध स्रोतमध्ये १० प्रतिशत मात्र उपयोगमा रहेको छ ।

दिगो विकास लक्ष्य हालिस गर्न जलस्रोतको विकास र व्यवस्थापन प्रत्यक्षरूपले जोडिएकाले नयाँ नीति जरुरी रहेको निष्कर्षका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक तयारी थालेको हो ।

जलस्रोतको बहुउपयोगका लागि मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ ‘राष्ट्रिय जलस्रोत नीति’को तयारीमा मन्त्रालय जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । नीतिको मस्यौदाका हरेक बुँदामा सरोकार भएका निकायबीच बृहत् छलफल र आवश्यक काँटछाँट गरी दुई साताभित्र संशोधित मस्यौदा बुझाउन मन्त्री पुनले जल तथा ऊर्जा आयोगको सचिवालयलाई निर्देशन दिएका छन् ।

मन्त्री पुनले नेपालमा उपलब्ध प्राकृतिक स्रोतमध्ये पानी महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै नयाँ संविधान जारी भइसकेको सन्दर्भमा पुरानो नीति पर्याप्त नभएको र पानीको उपयोग तथा संरक्षणका लागि तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय) बीच अधिकार उपयोगमा तालमेल जरुरी रहेकाले नयाँ जलस्रोत नीति आवश्यक परेको बताए ।

‘हामीसँगै पर्याप्त पानी त छ, तर चाहेको ठाउँमा छैन । वातावरणीय परिवर्तनका कारण हिजो भएको ठाउँमा आज पानी पाइँदैन,’ मन्त्री पुनले भने, ‘आज भएको ठाउँमा भोलि नहुन सक्छ, त्यसैले भावी पुस्ताका लागि समेत अहिलेको पुस्ताले पानीको संरक्षण गर्नुपर्छ ।’ पानी संरक्षणका लागि पनि नयाँ नीति चाहिएको उहाँको भनाइ थियो ।

प्रस्तावित नीतिको पहिलो प्राथमिकतामा पानीलाई खानेपानी र घरेलु उपयोगलाई दिइएको छ । त्यसपछि क्रमशः सिँचाइ, पशुपालन तथा मत्स्यपालन, जलविद्युत्, औद्योगिक प्रयोजन तथा खानीजन्य उपयोग, जल यातायात, धार्मिक, सांस्कृतिक वा वातावरणीय संरक्षण, मनोरञ्जन र पर्यटनलाई राखिएको छ ।

त्यस्तै नीतिमा वन विनाश, भू–क्षय तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी अवैज्ञानिक तवरले निर्माण गरिने सडक र बस्तीका साथै नदीबाट ढुङ्गा, गिटी, बालुवाको अनियन्त्रित दोहन रोकथामका लागि सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गरी जलाधार क्षेत्रको संरक्षण गरिने उल्लेख छ ।

नीतिले जलस्रोतको दिगो व्यवस्थापनका लागि जलाधार एवं भूमिगत स्रोतको पुनःभण्डारण क्षेत्रको संरक्षण गरी जलमा आधारित जीव, वनस्पति, प्राकृतिक तथा धार्मिक, सांस्कृतिक सम्पदा र सामाजिक वातावरणको संरक्षण गर्ने उद्देश्य लिएको छ ।

प्रस्तावित नीतिको मस्यौदामा सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने सडकलगायत पूर्वाधार निर्माणका क्रममा जलाधार क्षेत्रको संरक्षणका लागि कायम गरिनुपर्ने हरियाली, तथा जलाधार संरक्षणसबन्धी मापदण्ड तयार पारी लागू गरिने समावेश छ ।

विकास आयोजनाको डिजाइन (खाका) तयार गर्दा नै जलस्रोत संरक्षणको मापदण्डअनुसार भए/नभएको स्पष्ट गनुपर्ने नयाँ व्यवस्था नीतिमा छ । आयोजनाको ‘डिजाइन’पूर्व नै संरक्षण मापदण्ड पूरा गरेको प्रमाणपत्र लिनुपर्ने छ । संरक्षणमा लापरबाही भए कारबाहीको व्यवस्थासमेत गरिएको छ ।

मन्त्री पुनले सकेसम्म सङ्घीय संसद्को चालू अधिवेशनबाट नीति पारित गरिने बताए । मस्यौदालाई अन्तिम रूप दिएर तत्कालै मन्त्रिपरिषद् हुँदै सरकारले नीति अनुमोदनका लागि संसदमा लैजाने मन्त्री पुनले उल्लेख गरे ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ४ : ०३ बजे

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा