३ महिना यताकै उच्च बिन्दुमा पुग्यो शेयर बजार « Khabarhub

३ महिना यताकै उच्च बिन्दुमा पुग्यो शेयर बजार


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक (नेप्से) तीन महिना यताकै उच्च विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक १८‍.२६ अंकले बढेर १२००.६९ को विन्दुमा पुगेको छ ।

गत भदौ १० गते १२०९.६२ को विन्दुमा रहेको नेप्से परिसूचकले त्यसयता सोमबार पहिलोपटक १२०० को विन्दु छोएको हो ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर २६० विन्दुमा पुगेको छ ।

सोमबारको शेयर बजारमा काराेबारमा समेत उल्लेख्य सुधार आएको छ । सोमबार कूल १७८ कम्पनीको ८४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर किनबेच भएको छ । बैंकको एकैदिन ८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सको ३ करोड ७० लाख, शिवम् सिमेन्टको ३ करोड ६६ लाख र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सोमबार ट्रेडिङ (व्यापार) बाहेक सबै उपसमूहका सूचकहरु उकालाे लागेका छन् । माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी ३३ अंकले उकालो लागेको छ । ट्रेडिङ् समूह भने १२.२६ अंकले ओरालो लागेको छ ।

सोमबार वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । संस्थाको शेयर मूल्य प्रतिकित्ता ७४२ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ४ : ३० बजे

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको