मानव बेचबिखनको उच्च जोखिममा नेपाली किशोरी « Khabarhub

मानव बेचबिखनको उच्च जोखिममा नेपाली किशोरी


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव बेचबिखन र बालबिवाहका कारण किशोरीहरु उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग एक अध्ययनले देखाएको छ ।

‘बाल अधिकार अवस्था २०७६’ विषयक प्रतिवेदनमा आयोगले नेपालमा किशोरीहरु उच्च मानव बेचबिखनको जोखिममा रहेका जनाएको हो । १८ वर्षमूनिका धेरै किशोरीहरु जोखिममा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

२६.३ प्रतिशत बालबालिका बालबिवाहको प्रत्यक्ष मानव बेचबिखनमो चपेटामा परेको आयोगको प्रतिवेदनमा भनिएको छ । २६ प्रतिशत बालिकाहरु बेचबिखनमा परेका प्रतिवेदनमा भनिएको छ ।

नेपाल, भारत र बंगलादेशमा सबैभन्दा बढी बालिका बेचबिखनको शिकार बन्ने गरेको आयोगकी सदस्य मोहना अन्सारीले बताएकी छिन् ।

बालविकास खोजतलास केन्द्रका तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷२०७६ मा २ हजार ४ सय ८१ जना बालबालिका हराएकोमा १ हजार २ सय २४ जना मात्रै फेला परेका छन्।
फेला नपरेका १ हजार २ सय ५७ मध्ये अधिकांश बालबालिका बेचबिखत तथा जबरजस्ती श्रमको शिकार भएका भएको हुन सक्ने आयोगले जनाएको छ।

गत आर्थिक वर्षमा ३ हजार ३ सय ३१ जनालाई भारतीय सीमा नाकाबाट फर्काइएकोमा ४६ प्रतिशत महिला र १४ प्रतिशत बालबालिकाहरुको संख्या रहेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगको अध्ययन प्रतिवेदनले जबरजस्ती करणीमा परेको पीडितहरुमध्ये जनजाती र दलित समुदायका धेरै रहेको देखाएको छ। पीडकहरु मध्ये ३० प्रतिशत जनजाति पीडक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ०५ बजे

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, वरिष्ठ नेता बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल