पुस २२ मा चौथो निर्यात दिवस मनाइने « Khabarhub

पुस २२ मा चौथो निर्यात दिवस मनाइने


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल निर्यात परिषद्ले पुस २२ गते निर्यात दिवस मनाउने भएको छ ।

परिषद्ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २२ गते ‘चौथो निर्यात दिवस २०७६’ मनाउने जानकारी दिएको हो ।

निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐक्यवद्धता कायम गर्ने, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझैपनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताए । निर्यात दिवसले निर्यातमा हुने समस्याहरुका सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पु¥याउने समेत उनले बताए ।

निर्यात दिवस नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह आयोजनामा मनाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ०८ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६