अल्जेरियाली राष्ट्रपतिको उम्मेदवारी घोषणासँगै न्यायाधीश आन्दोलित « Khabarhub

अल्जेरियाली राष्ट्रपतिको उम्मेदवारी घोषणासँगै न्यायाधीश आन्दोलित


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– अल्जेरियामा १ हजारभन्दा धेरै न्यायाधीशहरुले राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले आगामी राष्ट्रपतीय निर्वाचनमा दिएको उम्मेद्वारीलाई कायमै राखे आफूहरुले चुनावमा हुने मतदानको पर्यवेक्षण नगर्ने चेतावनी दिएका छन् ।

न्यायाधीशहरुले विज्ञप्ति जारी गर्दै बोटेफ्किाले आफ्नो उम्मेद्वारी फिर्ता नलिए आफूहरुले चुनावको पर्यवेक्षण नगर्ने चेतावनी दिएका हुन् । उनीहरुले अब न्यायाधीशहरुको नयाँ संघको गठन गर्ने समेत जनाएका छन् ।

सन् १९९९ देखि अल्जेरियाको सत्तामा रहेका बोटेफ्लिकाले राष्ट्रपतिको पाचौँ कार्यकालका लागि आगामी निर्वाचनमा समेत उम्मेद्वारी दिने घोषणा गरेका थिए । उनको घोषणापछि मुलुकभर उनको सत्ताविरुद्ध प्रदर्शन बढ्दै गएको छ । अल्जेरियामा आगामी महिना राष्ट्रपतीय निर्वाचन हुँदैछ ।

सन् २०१३ मा मष्तिष्कघात भएपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनी ह्विलचियरको माध्यमबाट हिँडडुल गर्दै आएका छन् । लामो समयदेखि युरोपमा स्वास्थ्य उपचारमा रहेका बोटेफ्लिका स्वास्थ्य उपचारपछि आइतबार मात्रै स्विट्जरल्याण्डबाट स्वदेश फर्केका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : १८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको