पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी « Khabarhub

पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा ३१ प्रजातिका जलपन्छी देखा परेका छन् ।

जलपन्छी गणनाका क्रममा एकै तालमा धेरै प्रजातिका जलपन्छी देखा परेका हुन । पुरैनी ताल जलपन्छीका लागि प्रख्यात रहेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घलगायत कार्यालय तथा संस्थाका प्रतिनिधिले जलपन्छी गणनाको कार्यलाई अगाडि बढाएका छन् ।

जलपन्छी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत देखा परेको पन्छीविज्ञ हिरुलाल डगौराले बताए ।

जनवरी ४ देखि शुरु गरिएको जलपन्छी गणनाका क्रममा रानीताल, तारा ताल, कालिकिच ताल, बेदकोट, बन्दा ताल, पुरैनी ताल, प्यारा ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपन्छी अनुगमनको कार्य गरिएको छ । गणनाको कार्य जनवरी १९ तारिखसम्म जारी रहने छ ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको वितरण र अवस्था पत्ता लगाउन, सङ्ख्याको अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि र संरक्षणमा हातेमालोका लागि हरेक वर्ष जलपन्छीको अनुगमन र गणनाको कार्य हुँदै आएको छ ।

“वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरी जलपन्छी अनुगनको कार्य गरिरहेका छौँ”, उनले भने, “कुनै क्षेत्रमा स्थलगत रुपमा पुगेर र कुनै ठाउँमा डुङगालगायतमा चढेर समेत अनुगमन भइरहेको छ ।”

बासस्थानमा सुधार र आहारा प्रजातिको संरक्षणमा टेवा पुगेपछि विगतका वर्षहरुको तुलनामा जलपन्छीको सङ्ख्या उत्साहजनक देखिएको उनको भनाइ छ ।

तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सिमसारको अवस्था बारेमा समेत अध्ययनको कार्य भइरहेको छ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सिमसार क्षेत्र र तालतलैया, नदी जलाधार क्षेत्रमा जलपन्छी गणनको कार्य हुने पन्छी विज्ञ डगौराको भनाइ छ ।

उनका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाई सार्दै पाहुना जलपन्छी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् ।

गत वर्षको जलपन्छी अनुगमनमा ५८ प्रजातिका तीन हजार ६४१ जलपन्छी फेला परेका थिए । सिमसार क्षेत्रमा बच्चाकोर्लेर जलपन्छी चैतदेखि जेठ महिनासम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् ।

नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन् । शुक्लाफाँटामा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये १९ प्रजातिका चरा दुर्लभ प्रजातिका रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : ३० बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि