नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम अर्ब माथि « Khabarhub

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम अर्ब माथि


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ ।

यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको तीन कारोबार दिनमा नै नेप्सेमा दोहोरो अंकको वृद्धि कायम छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ४.१३ ले वृद्धि भई २६४.८१ मा पुगेको छ ।

धेरै पछि कारोबार रकम अर्ब माथि पुगेको छ । लगानीकर्तामा विश्वास बढेपछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर रु एक अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए । धेरै पछि कारोबार रकमले आज नयाँ इतिहास कायम गरेको हो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा दश उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.३७ र उत्पादन २२.६६ विन्दुले ओरालो लागेको छ । बैंकिङ १९.०३, व्यापार १.०१, विकास बैंक २६.१८, जलविद्युत् १७.५५, वित्त ५.०२, निर्जीवन बीमा ८६.५६, अन्य १.५२, लघुवित्त ३२.९, जीवन बीमा १.०४ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ ।

नेप्सेका अनुसार आज सबैभन्दा बढीको कारोबार माछापुच्छ्रे बैंकको भएको छ । सो बैंकको मात्रै रु १९ करोड ४९ लाख १३ हजार ४१३ को कारोबार भई शीर्ष स्थानमा रह्यो । एनआइसी एशिया बैंक रु ६ करोड ४८ लाख ६३३, प्रभु बैंक रु चार करोड २० लाख १२ हजार ९१२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु चार करोड ६ लाख ५० हजार ८६१, एनसिसी बैंक रु दुई करोड ९१ लाख २५ हजार २६१, एनएमबी बैंक रु दुई करोड ६८ लाख ७४ हजार ९५५, लुम्बिनी विकास बैंक रु दुई करोड ६३ लाख ९५ हजार ५४३ र सिद्धार्थ बैंक रु दुई करोड ३५ लाख ३० हजार ८१६ मा कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा बोमी माइक्रोफाइनान्स वित्तीय संस्था ९.९७, सेन्ट्रल फाइनान्स ९.७६, सबैको लघुवित्त वित्तीय संस्था ९.४९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ८.६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ७.८९ र दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ७.८४ प्रतिशतले कमाए ।

त्यस्तै, बोटलर्स नेपाल तराई ३.९३, नेपाल फाइनान्स ३.७०, आँखु खोला जलविद्युत् कम्पनी ३.४४, पञ्चकन्या माई हाइड्रोपावर २.२९, सिनर्जी पावर २.०६, विशाल बजार कम्पनी २.०४ र एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले दुई प्रतिशतले गुमाएका छन् ।

डिप्रोक्को ४५ प्रतिशत लाभांश स्वीकृत

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति पाएको छ । संस्थाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफा र गत वर्षसम्मको सञ्चित मुनाफा रकम समेतबाट ३० प्रतिशत शेयर लाभांश र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । संस्थाको साधारणसभाले स्वीकृत गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही पुस २१ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ । कम्पनीले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ४ : ३३ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ