कथाकार थापाका कथा अङ्ग्रेजीमा अनुवाद « Khabarhub

कथाकार थापाका कथा अङ्ग्रेजीमा अनुवाद


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथाकार देवकुमारी थापाका छानिएका २१ नेपाली कथालाई अङ्ग्रेजीमा अनुवाद गरी सार्वजनिक गरिएको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन बबरसिंह थापा सेवा गुठी विराटनगरले उनका कथा अनुवाद गरेको हो ।

गुठीले आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा विसं २०४६ अघि कथाकार थापाको ‘भविष्य निर्माण’ कथा माध्यमिक तहको पाठ्यक्रम एवं पुस्तकमा समावेश गरी पछि हटाइएकामा साहित्यकारले आपत्ति जनाएकी थिइन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ माया ठकुरीले नेपाली साहित्यलाई विश्वका कुना–कुनामा चिनाउन अङ्ग्रेजी भाषामा अनुदित कृतिले सहयोग गर्ने बताइन् । सन्देशमूलक एवं गुणस्तरीय कृति अनुवाद गर्ने क्रम बढाइनुपर्ने उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका प्रा‍ लीला लुइँटेलले कथाकार थापाको विसं २००५ मा प्रकाशित ‘भविष्य निर्माण’ कथालाई नेपाल प्रज्ञा प्रतिष्ठानले विसं २००३ भनी लेखेर सार्वजनिक गरेकामा आपत्ति जनाइन् । अरु साहित्यकारको पनि कृति, नाम, लिङ्गको तथ्य गलत राखेर प्रतिष्ठानले पाठकलाई पनि अन्याय गरेको उनको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, साहित्यकार प्रमोद प्रधान, कृतिका अनुवादक महेश पौडेल, गुठीका कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, सदस्य दीनेश श्रेष्ठ लगायतले कथाकार स्वर्गीय थापाले नेपाली साहित्यमा पुर्‍याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

पुस्तकमा थापाका छानिएका २१ कथा अनुवाद गरिएको छ । कृतिको मूल्य रु २५० छ । कथाकार थापाको विसं २०६८ मा निधन भएपछि २०६९ सालदेखि गुठीले देवकुमारी स्मृति सम्मान वितरण शुरु गरेको सो अवसरमा जानकारी गराइएको थियो ।

गुठीले यसअघिदेखि नै बबरसिंह स्मृति सम्मान वितरण गदैँ आएको थियो । दुवै सम्मानको राशि रु ५१ हजारसहित सम्मानपत्र र दोसल्ला दिने गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १० : १५ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६