भारतीय कारमा गाँजा तस्करी गर्ने २ जना पक्राउ « Khabarhub

भारतीय कारमा गाँजा तस्करी गर्ने २ जना पक्राउ


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले भारतीय नम्बर प्लेटको कारमा लागू औषध तस्करी गर्ने २ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर–०१–सीएम ६२४६ नम्बरको कारमा लुकाएर राखिएको लागू औषध गाँजा १० किलो १ सय ८० ग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार चालक सर्लाहीको हरिपुर नगरपालिका–९ घर भएका २४ वर्षी रंजित कुमार गुप्ता र कारमा सवार सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने ३१ वर्षी बालकृष्ण गुप्ता छन् ।

प्रहरीले गाँजासहित पक्राउ परेकाहरुलाई हिरासतमा लिइ थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीले शनिबार राति पनि भारतीय नम्बर प्लेटको कारमा लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई पक्राउ गरेको थियो ।

मकवानपुर प्रहरीले बुधबार अपराह्न ४ बजेतिर मोटरसाइकलमा गाँजा तस्करी गर्ने अर्का १ जनालाई समेत पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ बस्ते ३७ वर्षीय कृष्ण थापा मगर छन् । प्रदेश–०२–०३–००६ प २८८३ नम्बरको मोटरसाइकलमा सवार मगरको साथबाट ५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ११ : १५ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा