फोटोकपी मेसिनबाट नक्कली नोटको छपाइ, डिजाइनरदेखि ‘बजार प्रतिनिधि’सम्म पक्राउ « Khabarhub

फोटोकपी मेसिनबाट नक्कली नोटको छपाइ, डिजाइनरदेखि ‘बजार प्रतिनिधि’सम्म पक्राउ


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोटोकपी मेसिनको प्रयोग गरी नक्कली नोट (खोटा मुद्रा) छाप्ने समूहका ४ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं उपत्यकालाई आधार बनाएर नक्कली मुद्रा छापी बजारमा वितरण गर्दै आएका ४ जनाको समूहलाई पक्राउ गरेको हो । सीआईबीले पक्राउ परेकाहरुको साथबाट ४ लाख १३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–७ घर भइ काठमाडौंको माछापोखरी बस्ने २९ वर्षीया कमल बुढाथोकी भनिने कोवी राम बुढाथोकी, काभ्रेको पाँचखाल घर भएका ३२ वर्षीय बलबहादुर रानामगर, डोटीको पूर्वी चौकी गाउँपालिका–३ घर भएका २४ वर्षीय आर्यन खड्का र धनकुटाको जोरपटी गाउँपालिका–३ घर भएका २६ वर्षी छत्रबहादुर लिम्बु छन् ।

सीआईबीका अनुसार पक्राउ परेकामध्ये बलबहादुर राना मगरले नक्कली नोट छाप्ने गरेका थिए । उनले केही फोटोकपी मेसिन, कलर प्रिन्टर गरेर १००० दरको नक्कली नोट छाप्ने गर्थे प्रहरीले उनको साथबाट नोट छाप्न प्रयोग हुने प्रिन्टर, फोटोकपी मेसिन र कम्प्युटर लगायतका सामग्री बरामद गरेको छ ।

नोट बनाउनका लागि २४ वर्षीय आर्यन खड्काले ग्राफिक डिजाइन तयार पार्दथे । सीआईबीले उनको साथबाट २५ हजार बराबरको नक्कली नोट बरामद गरेको छ ।

काठमाडौंको गोंगबुमा एउटा कोठा नै भाडामा लिएर उनीहरुले नक्कली नोट छाप्ने गरेका थिए । छापिएका नोटहरुलाई कमल भिनने कोवीराम बुढाथोकी र छत्रबहादुर लिम्बुले बजारमा पु¥याउने गरेका थिए । सीआईबीले कोवीरामको साथबाट २ लाख ९८ हजार बराबरको नक्कली नोट समेत बरामद गरेको छ ।

सीआईबीले पक्राउ परेका ४ जनामाथि मुलुकी अपराध संहिताको मुद्रा सम्बन्धी कसुरअन्तर्गत छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २५६ मा मुद्रा सम्बन्धी कसुर गर्ने व्यक्तिलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ५६ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर