जनकपुर उपमहानगरका कर्मचारी आन्दोलित, शुक्रबार ‘पेन डाउन’को घोषणा « Khabarhub

जनकपुर उपमहानगरका कर्मचारी आन्दोलित, शुक्रबार ‘पेन डाउन’को घोषणा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर उपमहानगरपालिकाका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गर्दै शुक्रबार ‘पेन डाउन’ गर्ने घोषणा गरेका छन् ।

गत मंगलबार पत्रकार र नगरप्रमुख लालकिशोर साहबीच भएको कुटपिटको विषयलाई लिएर कर्मचारी आन्दोलित बनेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले शुक्रबार हातमा कालोपट्टि बाँधी ‘पेन डाउन’ गर्ने घोषणा गरेको हुन् ।

उपमहानगरपालिकाका कर्मचारी इकाई एसोसिएसन समितिले प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टि बाँधेर पेन डाउनको घोषणा गरेको हो ।

त्यस्तै, बुधबार नेपाल पत्रकार महासंघ धनुषाले भने नगरप्रमुख लालकिशोर साहकै निर्देशनमा सञ्चारकर्मीहरूमाथि कुटपिट भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै