२२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने « Khabarhub

२२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने भएको छ ।

आगामी माघ २ गते भक्तपुर दरबारस्क्वायरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तिको सहभागितामा भव्य रूपमा दिवस मनाउने निर्णय गरी तयारी शुरु गरेको दिवस व्यवस्थापन उपसमितिले जनाएको छ ।

गृह मन्त्रालयको निर्णयबमोजिम भक्तपुर नगरपालिकाले भूकम्प सुरक्षा दिवस मनाउने तयारी शुरु गरेको नगरपालिकाका प्रमुख एवं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक सुनिल प्रजापतिले जानकारी दिए ।

उक्त दिवस मनाउन गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मूलसमारोह समिति र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा उपसमिति गठन भएअनुसार उपसमितिले भव्य रूपमा दिवस मनाउने गरी तयारी शुरु गरेको हो । दिवसको अवसरमा माघ २ गते दिउँसो १२ बजेबाट भक्तपुरका दुई स्थान भक्तपुर नगरपालिका-१० लामगाल पुखु र भाज्या पुखुबाट एकैसाथ सचेतना र्‍याली निकालिने छ ।

दुवै र्‍यालीमा ब्याण्ड बाजासहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, विद्यार्थी, स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायतको सहभागिता रहने भएको छ । त्यस्तै भक्तपुरको कला र संस्कृति झल्कने पोशाकमा साँस्कृतिक समूह, धिमे बाजा, बाँसुरी बाजा, माक प्याखँ, लाखे प्याखँलगायत सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।

नेपालमा २ माघ १९९० मा गएको भूकम्पलाई स्मरण गर्दै हरेक वर्ष २ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ५५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी