२२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने | Khabarhub Khabarhub

२२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा भव्य रूपमा मनाइने भएको छ ।

आगामी माघ २ गते भक्तपुर दरबारस्क्वायरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तिको सहभागितामा भव्य रूपमा दिवस मनाउने निर्णय गरी तयारी शुरु गरेको दिवस व्यवस्थापन उपसमितिले जनाएको छ ।

गृह मन्त्रालयको निर्णयबमोजिम भक्तपुर नगरपालिकाले भूकम्प सुरक्षा दिवस मनाउने तयारी शुरु गरेको नगरपालिकाका प्रमुख एवं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक सुनिल प्रजापतिले जानकारी दिए ।

उक्त दिवस मनाउन गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मूलसमारोह समिति र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा उपसमिति गठन भएअनुसार उपसमितिले भव्य रूपमा दिवस मनाउने गरी तयारी शुरु गरेको हो । दिवसको अवसरमा माघ २ गते दिउँसो १२ बजेबाट भक्तपुरका दुई स्थान भक्तपुर नगरपालिका-१० लामगाल पुखु र भाज्या पुखुबाट एकैसाथ सचेतना र्‍याली निकालिने छ ।

दुवै र्‍यालीमा ब्याण्ड बाजासहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, विद्यार्थी, स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायतको सहभागिता रहने भएको छ । त्यस्तै भक्तपुरको कला र संस्कृति झल्कने पोशाकमा साँस्कृतिक समूह, धिमे बाजा, बाँसुरी बाजा, माक प्याखँ, लाखे प्याखँलगायत सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।

नेपालमा २ माघ १९९० मा गएको भूकम्पलाई स्मरण गर्दै हरेक वर्ष २ माघमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ५५ बजे

अब डाक्टर इन्जिनियर समावेशी कोटामा पढ्न नपाइने

काठमाडौं– समावेशी तथा आरक्षित कोटामा डाक्टर इन्जिनियर लगायत विशिष्टीकृत अध्ययन

प्रधानमन्त्री भन्छन्- जनताको कुण्डलीमा राजतन्त्र छैन, प्रतिगमनको सपना नदेखे हुन्छ

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्किने कुनै

गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने सरकारको तयारी

काठमाडौं– सरकारले गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने तयारी गरेको

गृहमन्त्री लेखककै नाम जोडिन थालेपछि अध्यागमनबाट नौ नायब सुब्बासहित १४ कर्मचारीको सरूवा

काठमाडौं- भिजिट भिसामा जानेहरूबाट दैनिक ५० लाखदेखि एक करोड रूपैयाँसम्म

सहकारीका सबै शाखा बन्द गर्ने सरकारको कार्ययोजना

काठमाडौं– सरकारले सबै सहकारीको शाखा बन्द गर्नुपर्ने कार्ययोजना अगाडि सारेको