‘अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता’ सार्वजनिक  | Khabarhub Khabarhub

‘अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता’ सार्वजनिक 


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एकीकरणका मुख्य पात्र राजा पृथ्वीनारायण शाहको जीवनीमा आधारित पुस्तक ‘अनेकौँका दृष्टिमा राष्ट्रनिर्माता’को आज काठमाडौँमा लोकार्पण गरिएको छ ।

विभिन्न विधाका ४४३ लेखकको लेख समेटिएको एक हजार ४०४ पृष्ठ लामो उक्त पुस्तक काठमाडौँमा आज प्रधानसेनापति पूर्णचन्द्र थापाले लोकार्पण गरेका हुन् । हरिप्रसाद सोडारीको प्रधान सम्पादकत्वमा निर्माण भएको पुस्तकको मूल्य रु पाँच हजार राखिएको छ । आज लोकार्पणको दिनमा विशेष छुटसहित रु दुई हजारमा बिक्री गरिएको थियो ।

कार्यक्रममा प्रधानसेनापति थापाले गोरखा राज्यका राजा पुथ्वीनारायण शाहको दुरदृष्टि र दशकौँको मेहनतबाट हासिल भएको सफलताले नेपाल निर्माण भएकाले सबै नेपालीका लागि प्रेरणाको रुपमा रहेको बताए । उनले अख्तियार गरेको रणनीति र शासन प्रणाली तथा दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको प्रधानसेनापति थापाले उल्लेख गरे ।

नेपाली नागरिकलाई एकीकरण अभियानको भौतिक अनुभूति प्रदान गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्ने अभिप्रायका साथ नेपाली सेनाको पहलमा एकीकरण मार्ग कार्यक्रम थालिएको जानकारी दिँदै थापाले नेपाल एकीकरणका दौरान प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास र ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सेनाबाट शुरु गरिएको बताए ।

समारोहमा पुस्तकका प्रधानसम्पादक सोडारीले पृथ्वीनारायण शाह योद्धाका रूपमा मात्रै नभइ सैनिकको मनोबल कसरी बढाए, विद्धानलाई कसरी उपयोग गरे, जनतालाई कसरी उत्साहित बनाए भनेर पुस्तकमा समावेश गरिएको बताए ।

आफ्नो कालमा केही त्रुटी गरेपनि नेपाल एकीकरणमा महत्वपूर्ण योगदान गरेकाले उनको बहुआयामिक पक्ष पुस्तकमा समेटिएको उनले जानकारी गराए । इतिहासकार दिनेशराज पन्तले नेपालको पुनःएकीकरणको काम पुथ्वीनारायण शाहले गरेकाले आज हामी नेपाली भनेर शिर ठाडो बनाउन सकिएको उल्लेख गर्दै यो पुस्तक हरेक नेपालीका लागि उत्तिकै महत्वको रहेको बताए ।

कार्यक्रममा पूर्व रथि अमर पन्तले नेपाललाई साझा फूलबारी बनाउने पृथ्वीनारायण शाह बहुआयामिक व्यक्ति भएको भन्दै इतिहासलाई जीवन्त राख्ने काम पुस्तकले गरेको बताए । उनले वर्तमान समयमा सीमा मिचिएको बेला पुथ्वीनारायण शाहको योगदान स्मरणीय रहेको उल्लेख गर्दै देशको सीमा जोगाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ४१ बजे

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस

खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा असोज ५ सम्म आवेदन दिन सकिने 

काठमाडौं– खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम