झ्यालबाट छिरेर सुतेकै ठाउँमा किशोरीको बलात्कार « Khabarhub

झ्यालबाट छिरेर सुतेकै ठाउँमा किशोरीको बलात्कार


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर–पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् ।

गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् ।

किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे ।”

गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन् ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १० : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै