पश्चिम अफगानिस्तानमा भिडन्त, ११ सुरक्षा अधिकारीको मृत्यु « Khabarhub

पश्चिम अफगानिस्तानमा भिडन्त, ११ सुरक्षा अधिकारीको मृत्यु


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ ।  आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ ।

प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनौं सङ्ख्यामा सशस्त्र तालिबान लडाकूहरु बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारी दिएका छन् ।

यद्यपी यस झडपमा परी कैयौं आतङ्ककारी पनि मारिएका तथा घाइते भएका फिरोजले दाबी गरेका छन् ।  यो स्थान अफगानिस्तानको राजधानी काबुलबाट ५५५ किलोमिटर टाढा छ ।

गत आइतबार पनि बाला मुर्घाब जिल्लामा रहेको सेनाको शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा २० भन्दा बढी सैनिक मारिनुको साथै २८ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १ : ५६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग