उत्खननको विरोध गर्ने महतोलाई ठक्कर दिने टिपरका चालक पक्राउ | Khabarhub Khabarhub

उत्खननको विरोध गर्ने महतोलाई ठक्कर दिने टिपरका चालक पक्राउ


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– अवैध उत्खननको विरोध गर्दै आएका जनकपुरका युवा दिलीपकुमार महतोलाई किचेर मार्ने टिपरका चालकलाई पक्राउ परेका छन् ।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान साथीसँग मर्निङ वाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो ।

दिलीपको मृत्यु दुर्घटना नभइ हत्या भएको भन्दै परिवारका सदस्य र स्थानीयले विरोध गरेका थिए । दिलीपको पहिला हत्या गरी त्यसपछि उनको शरीरमा टिपर चढाइएको आफन्त र स्थानीयले आरोप लगाउँदै आएका छन् ।

दिलीपलाई किचेर मारे लगत्तै फरार रहँदै आएका ना ७ ख ६४१३ नम्बरको टिपरका चालक मुनिन्द्र महतोलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई ढल्केबर नजिकबाट पक्राउ गरि अनुसन्धान प्रकृया अगाडि बढाएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ४ : ४० बजे

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) बस्दैछ ।